किशोरीहरुलाई आत्मरक्षा तालिम

प्राज्ञिक विद्यार्थी नेपाल पोखरा महानगर इकाइ समितिको आयोजनामा नारी सम्मान र सुरक्षाका लागि मिसन साहासी २०७५ सुरु भएको छ । नेपाल क्योकुसिन कानकराते र नेपाल मुआथाइ किक बक्सिङको सहयोगमा कार्यक्रम गरिएको हो ।

प्रत्येक नारीलाई शिक्षित, सम्मानित, स्वावलम्बी र साहासी बनाउँदै आफनै रक्षाका लागि आफै सक्षम हुन आवश्यक सीप प्रदान गर्न लागिएको कार्यक्रम संयोजक विष्णुकुमारी अधिकारीले बताइन् । सोमबारदेखि सुरु भएको सो कार्यक्रममा हरेक दिन १ घण्टाका आत्मरक्षा तालिम साथै कानुनी ज्ञान, व्यक्तित्व विकास, नेतृत्व विकास र उद्यमसिलता तालिम दिइनेछ । कार्यक्रममा ८० किशोरी सहभागी छन् ।

तालिमपछि उनीहरुले नै प्रशिक्षकको भूमिकामा रहने छन । माघ ११ देखि २४ गतेसम्म कक्षा ६ देखि १२ सम्ममा पढ्ने ५० ओटा स्कुलका किशोरीलाई प्रशिक्षण दिने कार्यक्रम छ । तालिममा सहजीकरण अधिवक्ता दुर्गा न्यौपाने, नागरिक समाजका सदस्य विन्देश्वरी बराल, प्रहरी निरीक्षक भगवती तिम्सिना र पत्रकार दुर्गा अधिकारीले गरेका छन् ।