समाज

आगलागी हुदा एक करोडको क्षति

नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ । धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो । आगलागीका कारण धेरै सामान जलेत नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने जानकारी दिए । घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरको क्षति… पुरा पढौ

हृदयघातका कारण गायक तथा संगीतकारको अमेरिकामा निधन

हृदयघातका कारण गायक तथा संगीतकारको अमेरिकामा निधन भएको छ । सोमबार राती अमेरिकाको सन फ्रान्सिस्कोमा गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको हो । उनी छोरी ममतासँग बस्दै आउका थिए । गएको महिना हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएका थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उनले गायिका शिवा बस्नेतसँग विवाह गरेका थिए । उनको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत… पुरा पढौ

किशोरी हुँदा लगनगाँठो, विहे गर्ने उमेरमा डिभोर्स

नलगाड नगरपालिका–६ सिर्केकी विष्णु सिंह स्थानीय एक विद्यालयमा ९ कक्षामा पढ्दै थिइन् । त्यहीबेला नलगाड–८ का सुनिल सिंहसँग भेट भयो । चिनजान हुँदै जाँदा मायापिरती नै झाँगियो । केही समयको अन्तरालमै दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै लगनगाँठो कसे ।  यो १० वर्षअघिको कुरा हो, जतिबेला विष्णु १४ वर्षकी किशोरी थिइन् । १४ वर्षकै उमेरमा आमाबुवाकोे मन्जुरीबिनै प्रेमविवाह गरेका उनीहरूको दाम्पत्यजीवन केही वर्ष राम्रैसँग अघि बढ्यो । दुई छोरा… पुरा पढौ

जापान जाने नेपाली कामदारको सपना तत्कालको लागी अधुरै

नेपाल सरकारले जापानसंग कामदार भिजाको लागी सम्झौता गरेपछि नेपालका अधिकांश युवा जापानी भाषा पढिरहेका छन् तर कामदार भिजामा जापान जानका लागी नेपाली युवाको सपना तत्कालको लागी अधुरो भएको छ । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा… पुरा पढौ

विशेश्वर आचार्य लायन्सको ‘सतिसाल’

लायन्सका अगुवा नेताहरूले उम्मेदवार विशेश्वर आचार्य लायन्समा ‘सतिसाल’ भएको उद्घोष गरेका छन् । विशेश्वर आचार्य जत्तिको उम्मेदवार लायन्सले पाउन अबका दिनमा मुस्किल भन्दै उहाँलाई कसैले हल्लाउन नसक्ने स्पष्ट पारे । पोखरामा आयोजित एक कार्यक्रममा बोल्ने लायन्सका पूर्व गभर्नहरू तथा नेताहरूले लायन्समा विशेश्वरको विकल्प अरु हुन नसक्ने र तुलना अरुसंग गर्न नमिल्ने समेत बताए । नामै तोकेर उनीहरूले वर्तमान गभर्नर अशोक श्रेष्ठले कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप समेत लगाए… पुरा पढौ

एयरपोर्ट टोल विकासमा उपमेयरसँग महिला कार्यक्रम सञ्चालनमा

पोखरा महानगरपालिका वडा नं. ८ स्थित एयरपोर्ट टोल विकास संस्थाले उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत ३ महिने शैक्षिक सहजता कार्यक्रम संचालनमा ल्याएको छ । शिक्षा नै सबथोक हो, जसबाट कोही पनि बन्चित नहुन भन्ने उदेश्यका साथ संचालनमा ल्याइएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देवी गुरुङद्धारा प्रशिक्षक संगिता तिमिल्सिना, शुमन थापा र प्रशिक्षार्थी आइता कुमारी के.सी.लाई अध्ययन सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले जीवन र सिकाइ… पुरा पढौ

जग्गा मिचेको प्रमाणित भएमा कारवाही गरेरै छाड्न प्रजिअ:बुढा

प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले “संघीय सरकारले सार्वजनिक जग्गा संरक्षणको लागि विशेष समिति बनाएर अघि बढ्न लागेको बताउँदै जग्गा मिचेको प्रमाणित भएमा कारवाही गरेरै छाड्ने बताए । सोमवार पोखरा वडा नं. ५ द्धारा आयोजित सार्वजनिक जग्गा संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम प्रजिअ बुढाले यस्तो बताएका हुन् । सोहि अवसरमा महानगरका प्रवक्ता धन बहादुर नेपालीले जग्गा संरक्षण चुनौतिपूर्ण काम भए पनि स्थानीय सरकारको कर्तव्यभित्रको काम भएको बताए । महानगर प्रमुख प्रशासकीय… पुरा पढौ

लगातार वर्षा हुदा बाढी आउने सन्त्रास

निरन्तरको बर्षातका कारण बागलुङको गल्कोट स्थित हटियाबजारका स्थानियबासी बाढीको सन्त्रासले चिन्तित बनेका छन् । गत बैशाख १ गते गौदी खोलामा आएको बाढीका कारण यसपाली पनि लगातारको वर्षाले त्यस आसपासका स्थानियबासी चिन्तित बनेका हुन् । गल्कोट नगरपालिका ३ हटियाको बौराह ठुलोचौतारामा लगाईएको करिब ५० थान ग्याबिन जाली खोलाले बगाएकोले हटियाबजार बाढीको उच्च जोखिममा परेको स्थानीयको भनाई छ । गल्कोट नगरपालिका १ दुदिलाभाटी र गल्कोट नगरपालिका २ नरेठाँटीमा असिना सहितको बेमौसमी बर्षात… पुरा पढौ

पोखरामा विद्यार्थी भेषमा धर्म प्रचार गर्ने २ जापानी निकालिए

गृह मन्त्रालयले इसाई धर्म प्रचार गर्ने दुई जापानीलाई निकालेको छ। गृहले मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ। उनीहरूले पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न भिसा लिएका थिए। विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले उनीहरुलाई निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । अध्यागमन विभागको प्रस्तावमा गृहसचिव प्रेमकुमार राईले ‘सचिव स्तरीय’निर्णयबाट चैत २७ मा उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेका हुन् । पोखराको शिवशक्ति क्याम्पसमा… पुरा पढौ

इन्जेक्सन लगाएर युवतीलाई ७ जनाद्वारा सामुहिक बलात्कार

ईन्जेक्सन लगाएतर एक जना युवतीलाई ७ जनाले सामुहिक बलात्कार गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेका हुन्। बलात्कारमा संलग्न सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही पक्राउ परेका हुन्। अर्का एक जना फरार रहेका प्रहरीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं