हृदयघातका कारण गायक तथा संगीतकारको अमेरिकामा निधन

हृदयघातका कारण गायक तथा संगीतकारको अमेरिकामा निधन भएको छ ।

सोमबार राती अमेरिकाको सन फ्रान्सिस्कोमा गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको हो । उनी छोरी ममतासँग बस्दै आउका थिए ।

गएको महिना हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएका थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उनले गायिका शिवा बस्नेतसँग विवाह गरेका थिए ।

उनको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत धेरै गीत चर्चित छन् ।