पोखरा महानगरपालिका वडा नं. ८ स्थित एयरपोर्ट टोल विकास संस्थाले उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत ३ महिने शैक्षिक सहजता कार्यक्रम संचालनमा ल्याएको छ ।
शिक्षा नै सबथोक हो, जसबाट कोही पनि बन्चित नहुन भन्ने उदेश्यका साथ संचालनमा ल्याइएको कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देवी गुरुङद्धारा प्रशिक्षक संगिता तिमिल्सिना, शुमन थापा र प्रशिक्षार्थी आइता कुमारी के.सी.लाई अध्ययन सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले जीवन र सिकाइ दुबै एक अर्काका परिपुरक भएको भन्दै सिक्ने र सिकाउने कुरालाइ जीवनभर निरन्तरता दिनुपर्ने बताइन । गुरुङले प्रबिधिको युगमा महिला तथा पुरुष दुबैले शिक्षा र सामाजिक कार्यलाइ प्रतिष्ठाको बिषय बनाएर अगाडी बढ्न आवश्यक रहेको बताइन् ।
पोखरा महानगरपालिका वडा नं. ८ का वडा सदस्य लक्ष्मी कौशलले जिवनमा शिक्षा नै सवथोक भएको बताउदै सिक्ने कुरालाइ कहिल्यै बिश्राम गर्न नहुने धारणा व्यक्त गरिन । महानगरको वडा नं ८ की अर्की सदस्य किरण गौतमले शिकाई कहिल्यै अन्त नहुने भन्दै उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ३ महिने शैक्षिक सहजता कार्यक्रम सुनौलो अवसर भएको बताईन ।




