प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले “संघीय सरकारले सार्वजनिक जग्गा संरक्षणको लागि विशेष समिति बनाएर अघि बढ्न लागेको बताउँदै जग्गा मिचेको प्रमाणित भएमा कारवाही गरेरै छाड्ने बताए ।
सोमवार पोखरा वडा नं. ५ द्धारा आयोजित सार्वजनिक जग्गा संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम प्रजिअ बुढाले यस्तो बताएका हुन् ।
सोहि अवसरमा महानगरका प्रवक्ता धन बहादुर नेपालीले जग्गा संरक्षण चुनौतिपूर्ण काम भए पनि स्थानीय सरकारको कर्तव्यभित्रको काम भएको बताए ।
महानगर प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले स्वास्थ्य, खेलकुद र प्राकृतिक विपद् आउँदा प्रयोग हुने जग्गा मिच्नुलाई नागरिकले प्रतिष्ठाको विषय बनाउन नसक्नु दुःखद भएको र जग्गालाईभन्दा सीप र क्षमतालाई सम्पत्ति मान्ने संस्कार नहुर्केसम्म यो विषय जटिल हुने बताए ।
नागरिक समाजका अगुवा राम बहादुर पौडेलले आगामी पुस्तालाई धिक्कार्न नदिन संरक्षण अभियान जारी रहने बताए ।




