साहित्य

श्रीरामको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्। राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन्। १०… पुरा पढौ

डा तुलिका र सुमललाई डागर स्मृति पुरस्कार

डागर स्मृति पुरस्कार २०७८ बाट डा. तुलिका दुवे र २०७९ बाट साहित्यकार सुमलकुमार गुरुङ पुरस्कृत हुने भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मानित गर्दै आएको छ । २०७८ सालको पुरस्कार कोरोनाका कारणले रोकिएकोमा २ वर्षको पुरस्कार एकै साथ अर्पण गर्न लागिएको प्रतिष्ठानका पूर्व अध्यक्ष हीरादेवी बास्तोलाले जानकारी दिइन् । उक्त पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, चन्द्रा… पुरा पढौ

जय गौडेललाई गजल प्रतिभा पुरस्कार

गजल प्रतिभा पुरस्कार २०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार राशि नगद १५ हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार तथा अर्को वर्ष गजल प्रतिभा सम्मान दिँदै आएको छ । यस वर्षको पुरस्कार गजलकार गौडेललाई आगामी भदौ ११ गते शनिबार १ सय ५७ औँ मोती जयन्तीका… पुरा पढौ

गजल

व्यवहारलाई गहना, सम्बन्धलाई सम्पत्ति सम्झिएँके तिमी पनि सम्झिन्छौँ- मैले यहाँ जति सम्झिएँ ? अब कसरी बर्वाद गर्छस् ए जिन्दगी तँ मलाईआँसुलाई आशीर्वाद, दुःखलाई ओखती सम्झिएँ जान्छु पनि नभनी गए एक जोर आँखाहरूकसैले नसोधिदेऊ- मैले उसलाई कति सम्झिएँ ? फुर्सद होस्, तब न सुनाऊँ तिमीलाई कहानी मेरोबिस्तारै आफ्नो मौनतालाई पनि प्रगति सम्झिएँ तिमी आउदै छौ भन्ने खबर सुन्दै गर्दा कानहररूलेत्यो चेहरा सम्झिएँ र यादहरूको आरती सम्झिएँ । पुरा पढौ

पोखराबारे लेखिएका सबै कविता एकै कृतिमा

पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । यो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । ०६८ मा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुनः पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृविता संग्रहलाई आफ्नो जन्मदिन पारेर साउन ९ गते पोखरामा लोकार्पण गरेका हुन् । पोखरा महानगरपालिकाका नगर… पुरा पढौ

कविताः हरिभक्त कटुवालको पुन्य जन्मतिथिमा

साँच्चिकै भन्यौ तिमीलेमलाई पनि आजभोलि त्यस्तै लाग्न थालेको छतिम्रा रहरका पोका लथालिङ्ग भएर उछिट्टिए जस्तैउस्तै उस्तै भएको छ यो मेरो जिन्दगीत्यसैले मलाई पनि भन्न मन लाग्छयो जिन्दगी खै के जिन्दगीदुखै दुखको भारी बोकेर बसाइँ सर्दा सर्दा थकित भएर पनि साहित्यको गाँस निल्न नछोड्नेबा म पाठशाला जान्न त्यहाँ इतिहास पढाइन्छ भन्दैइतिहासकै पानामा आफू चिरञ्जीवी रहनेतिमीलाईकवि भनौँ या कलाकारहे महान आत्मातिम्रो यो पुन्य जन्मजयन्तीमामेरो सत कोटी बन्दना तिमीलाई बदनाम तिम्रा ती आँखाहरूले… पुरा पढौ

समयका क्रुर पञ्जाबाट

(हरिभक्त कटुवालप्रति समर्पित)सहनँ सक्तिनँदासत्वको व्यथा अबखप्न सक्तिनँ यो अन्यायम मुक्त हुन चाहन्छुतिमीबाटनिभाउन चाहन्छुछातीको आगोमिल्काउन चाहन्छुहृदयको वेदनामुटुको झोलामाकतिदिन बोकेर हिँड्नुयो निराशाको पीडा ! दिनरातअविरामदनदनी बलेको छमुटु नै जलेको छ आगोलेतिम्रो शब्दकोशमा 'न्याय' छैन'अन्याय' मात्र छ'दया' छैन 'दासत्व' छहे विधि!हे व्यवस्था!तिम्रो दासत्वमा आज बन्दीमेरो यो जीवन मुक्त हुन चाहन्छहो, मुक्त हुन चाहन्छयो मुख लुकाई पीर रुन नपाउनेसमयको पञ्जाबाट। पुरा पढौ

हरिहर गुफामा अक्षरयात्रा

पोखरा २० को हरिहर गुफा र आसपासको सौन्दर्य र वस्तुस्थिति शनिबार साहित्यमार्फत् प्रकट भयो । ‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम शनिबार हरिहर गुफामा भएको हो । कार्यक्रमको १ सय ८७ औं शृंखला शनिबार कास्कीकै पुरानो ऐतिहासिक हरिहर गुफा सन्यास आश्रम भलाममा भएको हो । अक्षरयात्रामा प्रकट पगेनी शिव, लक्ष्मण थापा, अमृत,… पुरा पढौ

दिनेशको ‘देश सम्झिएर’ बजारमा

साहित्यकार दिनेश बस्नेत बाल कथा संग्रह ‘देश सम्झिएर’ लिएर पाठकमाझ आएका छन् । शृंखला क्लब र हरिहर भक्ति आमा समूहले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनको पुस्तक सार्वजनिक गरियो । पोखरा २० का वडाध्यक्ष गंगाबहादुर केसी लगायतले कृति लोकार्पण गरे । कोपिला किताबले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ छ । साहित्यकार बस्नेतले साहित्यकार अनुत्पादक क्षेत्र ठान्ने मान्यता परिवर्तन गरी चेतना प्रवाहको माध्यमका रुपमा स्वीकार गरिनुपर्ने बताए । उनले बालबालिकालाई… पुरा पढौ

पुरुष सत्ताको प्रतिपक्षी कविता

पहराको फूल अप्ठ्यारोमा उभिएको जीवन हुन सक्छ । पहराको फूल अतृप्त सपना हुन सक्छ । पहराको फूल कुनै नारीको बेदना पनि हुन सक्छ । सगरमाथा साहित्य प्रतिष्ठानले प्रकाशित गरेको लिली अधिकारीको कविता संग्रह पहराको फूलका शब्दहरुलाई आँखाले स्पर्श नगर्दै मैले बनाएका धारणा यि र यस्तै यस्तै थिए । पुस्तक अध्ययन गरेपछि लाग्यो मैले निकालेको अर्थ र कविले भन्न खोजेको कुरामा तादात्म्य मिल्यो क्यार ! अर्काको छाता शीर्षकमा आँखा रोकिए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं