राजनीति

पोखरा महानगरका कांग्रेस सचेतकको राजीनामा

पोखरा महानगरपालिका नेपाली कांग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार पदबाट राजीनामा दिएका छन् । सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि सोमबारसमम सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघ, संस्थालाई धन्यवाद दिएका छन् । आफूलाई सो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष, वडा सदस्य लगायत महानगरवासीप्रति आभार व्यक्त गरेको छ । उनले आजको दिनसम्म दलको… पुरा पढौ

अखिल(क्रान्तिकारी)मा नयाँ कमिटी

अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनले प्रकाश शाहीलाई अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ । शनिबार सकिएको सम्मेलनले २० भन्दा बढी महिलासहित १ सय ५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगर छन् । समितिमा महिलाबाट कलसा शाही, करिश्मा भट्टराई, रूपासिंह ठकुरी, छायाँ सापकोटा,… पुरा पढौ

पोखरा २५ मा नेकपा एसको कमिटी

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी(एस) पोखरा २५ को भेलाले हिमलाल तिम्सिनाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी बनाएको छ । कमिटी उपाध्यक्षमा नवराज अधिकारी, सचिव जगत पौडेल र उपसचिवमा गंगा थापा छन् । पार्टीका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश कमिटी उपसचिव श्रीनाथ बरालले कम्युनिस्ट, सिद्धान्त, विचार र कार्यक्रमलाई आत्मसात गर्दै समाजवाद स्थापनाको यात्रामा पार्टीअघि बढ्ने बताए । कार्यक्रममा प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, गोपाल गिरी, बुद्धिजीवी परिषद कास्की अध्यक्ष टंकराज अधिकारी… पुरा पढौ

एमाले छाड्ने मुडमा प्रभु शाह

मधेशमा राम्रो प्रभाव भएका नेता प्रभु शाह नेकपा विभाजनपछि एमालेतिर लागे । अन्तिम समयसम्म प्रचण्ड नेपालको साथमा रहेका शाह अचानक मन्त्री बनेर ओली समूहमा लागेका थिए । तत्कालीन नेकपा अध्यक्ष रहेका शाह अहिले एमालेका बैठक र कार्यक्रममा अनुपस्थित छन् । एमालेमा बस्न नसकिने मनस्थिति बनाएका शाहले एमाले नेतृत्वसँग ८ बुँदे माग राखेका छन् । ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले उल्लेख गरेका छन् । तत्कालीन नेकपाका प्रदेश अध्यक्ष… पुरा पढौ

माओवादी केन्द्र बागलुङमा जिम्मेवारी बाँडफाँट

सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र… पुरा पढौ

फेरि थपियो नयाँ पार्टी

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको छ । आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो ।पार्टीको आयोगमा दर्ता नम्बर १७० र निर्वाचन चिन्ह कार छ । दलको केन्द्रीय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहने उल्लेख छ । पुरा पढौ

एमाले सांसदले भनिन् : सभामुखको टाउको फुटाउन खोजेकी थिएँ

एमाले सांसद रेखा झाले संसदमा शुक्रबार माइकले हानेर सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेको प्रतिक्रिया दिएकी छन्। हुलदंगाबीच माइक निकाल्नै लाग्दा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेका थिए। ओलीले ‘नगर्नू’ भनेर रोकेपछि आफू रोकिएको झाले बताइन्। ‘मैले त माइकले हानेर सभामुखको टाउको फुटाउन खोजेको थिएँ, तर मलाई अध्यक्षज्यूले रोक्नुभयो,’ झाले संसद सकिएपछि भनिन्। उनले माइकले हानेर सभामुख सापकोटा र अर्थमन्त्री… पुरा पढौ

एकीकृत समाजवादी पोखरा ८ मा बालकृष्ण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरपालिका वडा नं ८ को भेलाले बालकृष्ण बरालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्वाचित गरेको छ । कमिटी सचिवमा शिव पौडेल छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य श्रीनाथ बरालले नेपाल समाजवादी चाडै नेपालकै कम्युनिस्ट आन्दोलनको मुल प्रवाह बन्ने बताए । उनले समाजवादको यात्रा जान केपी ओलीको नेतृत्वबाट सम्भव नभएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताए । कार्यक्रम रत्न गुरुङको अध्यक्षतामा भएको थियो । पुरा पढौ

वामदेवले २५ वर्षपछि फेरि छाडे एमाले, अब कता जालान् ?

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । २०५४ सालमा एमाले विभाजन गरी नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका हुन् । उनी अहिले राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छिन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् । गौतमले जबज माने एकीकृत समाजवादी जाने बताइरहेकाा छन् । गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै… पुरा पढौ

एकीकृत समाजवादी पर्वत कमिटी घोषणा

पर्वतमा बिहीबार एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी घोषणा गरिएको छ ।तत्कालीन नेकपा एमाले प्रदेश कमिटी सदस्य मोती पौडेलको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सार्वजनिक गरिएको हो । कमिटीमा अरु अधिकांश नयाँ अनुहार छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य चूडमणि जंगलीले एकीकृत समाजवादीको नेतृत्वमा देशकै ठूलो वामपन्थी दल बनाइने बताए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं