एमाले छाड्ने मुडमा प्रभु शाह

मधेशमा राम्रो प्रभाव भएका नेता प्रभु शाह नेकपा विभाजनपछि एमालेतिर लागे । अन्तिम समयसम्म प्रचण्ड नेपालको साथमा रहेका शाह अचानक मन्त्री बनेर ओली समूहमा लागेका थिए ।

तत्कालीन नेकपा अध्यक्ष रहेका शाह अहिले एमालेका बैठक र कार्यक्रममा अनुपस्थित छन् । एमालेमा बस्न नसकिने मनस्थिति बनाएका शाहले एमाले नेतृत्वसँग ८ बुँदे माग राखेका छन् ।

ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले उल्लेख गरेका छन् । तत्कालीन नेकपाका प्रदेश अध्यक्ष शाहलाई अहिले त्यो जिम्मेवारी दिइएको छैन । ज्वालाकुमारी शाहलाई अध्यक्ष बनाएपछि उनी असन्तुष्ट छन् ।

आइटी आर्मी बनाएर सक्रिय उनी अहिले त्यसलाई एमालेकै संगठनको मान्यता दिनुपर्ने पक्षमा छन् । माओवादीमा पहिल डा बाबुराम भट्टराई निकट मानिने उनी बाबुरामले नयाँ शक्ति बनाउँदा माओवादीमै बसेका थिए । उनले जबजको साटो जनताको जनवाद अपनाउनुपर्ने मागसमेत गरेका छन् ।