फेरि थपियो नयाँ पार्टी

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता भएको छ ।

उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको छ । आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो ।
पार्टीको आयोगमा दर्ता नम्बर १७० र निर्वाचन चिन्ह कार छ । दलको केन्द्रीय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहने उल्लेख छ ।