पोखरा महानगरका कांग्रेस सचेतकको राजीनामा

पोखरा महानगरपालिका नेपाली कांग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार पदबाट राजीनामा दिएका छन् । सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि सोमबारसमम सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघ, संस्थालाई धन्यवाद दिएका छन् ।

आफूलाई सो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष, वडा सदस्य लगायत महानगरवासीप्रति आभार व्यक्त गरेको छ । उनले आजको दिनसम्म दलको नेता तथा सचेतकको हैसियतबाट गरिएका काम, कारवाही पार्टीको नीति, निर्देशन अनुरुप भएको स्पष्ट पारेका छन् ।