नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरपालिका वडा नं ८ को भेलाले बालकृष्ण बरालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
कमिटी सचिवमा शिव पौडेल छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य श्रीनाथ बरालले नेपाल समाजवादी चाडै नेपालकै कम्युनिस्ट आन्दोलनको मुल प्रवाह बन्ने बताए । उनले समाजवादको यात्रा जान केपी ओलीको नेतृत्वबाट सम्भव नभएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताए ।
कार्यक्रम रत्न गुरुङको अध्यक्षतामा भएको थियो ।




