समाचार

पर्यटकको गन्तव्य स्थान बन्दै “हर्स शु माउण्टेन रिसोर्ट”

प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल सिन्धुपाल्चोक मुडेमा रहेको सम्पूर्ण सुबिधा सम्पन्न  हर्स शु माउण्टेन रिसोर्टू आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ । सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको होटल अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट होटलमा आउने अतिथि तथा ग्राहकहरुलाई राम्रो आथित्य तथा होटलमा भएका सम्पुर्ण सुबिधा उपभोग गर्न र प्राकृतिक छटाले भरिएको रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । यस… पुरा पढौ

यातायात सवारीको राजस्व संकलन ८६ करोड

यातायात व्यवस्था कार्यालय (सवारी)पोखराले आर्थिक वर्ष २०७३/७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व संकलन गरेको छ ।सो कार्यालयले आव ०७३/०७४ मा ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा ८५ करोड ९४ लाख ४३ हजार राजश्व संकलन गरेको छ । यो कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा… पुरा पढौ

पोखरामा पाउलो फ्रेकोको चर्चा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार पाउलो फ्रेको शैक्षिक दर्शनबारे चर्चा भएको छ । प्रतिष्ठानका उपाध्यक्ष सुरज पौडेलले ‘पाउलो फ्रेको शैक्षिक दर्शन र नेपालको शिक्षामा यसको प्रभाव’ शीर्षकको छलफल पत्रमा फ्रेले उपनिवेशकालीन ब्राजिलियन समाजको पृष्ठभूमिमा आलोचनात्मक सचेतना सिद्धान्त प्रतिपादन गरेको बताए । उनले भने, नेपालमा भएको शैक्षिक विकासलाई पनि उनको दार्शनिक मान्यताबाट विश्लेषण गर्न सकिने सम्भावना पनि छ । छलफल पत्रमा प्राडा विष्णुप्रसाद पौडेल,  डा.यमनाथ तिमिल्सिना,  डा. जगन्नाथ रेग्मी,… पुरा पढौ

सेकुङ संरक्षणमा जोड, फलामे डस्मिन राखियो

मुस्ताङको थासाङ २ सेकुङ तालमा फलामे डस्मिन राखिएको छ ।पर्यटकले फ्याक्ने फोहोर व्यवस्थापनका लागि तालको चारैतिर डस्मिनको व्यवस्था गरिएको हो । जिल्ला यूवा समिति मुस्ताङको पहलमा पर्यटकीय गन्तब्य सेकुङ तालमा सनिवार ४ वटा फोहोर व्यवस्थापन गर्ने फलामे डस्मिन राखिएको समितिका अध्यक्ष सम्राट गौचनले जानकारी दिए ।उनका अनुसार तालको सौन्दर्यता जोगाउन फोहोर व्यवस्थापनका लागि दिर्घकालीन फोहोर फाल्ने डस्मिन राखिएको बताए ।यसका लागि माछापूच्छ«े बैक लिमिटेडले ४ वटा ४० हजार मुल्य बराबरको… पुरा पढौ

प्याब्सन कास्कीमा नयाँ समिति

प्याब्सन कास्कीको १८ औँ जिल्ला अधिवेशनले प्रेमप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेल, उपाध्यक्षमा राम गुरुङ र उमा लामिछाने, सचिवमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी, सहकोषाध्यक्षमा नवीन बराल, सहसचिवमा पुष्पराज पराजुली, र देवप्रसाद बास्ताकोटी निर्वाचित भए । सदस्यमा सन्दीप अधिकारी, नारायण शर्मा चापागाई, मोहन पौडेल, नीलकण्ठ आचार्य, डा. टेकनारायण पौडेल, नरेश बराल, अञ्जु बराल अधिकारी र कौशल्या गुरुङ छन् । गाउँपालिका फोकल पर्सनमा रवीन्द्रमोहन… पुरा पढौ

तनहुँका ६ तहमा मोबाइल एप्स

तनहुँका ६ स्थानीय तहले मोबाइल एप्स बनाएका छन् । १० स्थानीय रहेको जिल्लाका सबै नगरपालिकाले मोबाइल एप्स बनाइसकेका छन् । व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा आइसकेको छ । देवघाट र म्याग्दे गाउँपालिकाले मात्रै मोबाइल एप्स बनाएका छन् भने आँबुखैरेनी, बन्दीपुर, रिसिङ र घिरिङ बाँकी छन् । व्यासको मोवाइल एप्स बिहीबार तयार भएको छ । व्यास नगरपालिकाले प्रवाह गर्ने सेवाका बारेमा गुनासो भए मोबाइल… पुरा पढौ

रानीमहल सिंगार्दै प्रदेश ५

नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लीला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताए… पुरा पढौ

६ महिना स्कुल बन्द

चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरू बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । चिसो बढेसँँगै बन्द भएका विद्यालय छ महीनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय स्तरको वर्ड क्याम्प

वर्डप्रेस पोखराको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वर्डक्याम्प पोखरा २०१८ शनिबार भएको छ । २०१२ देखि प्रत्येक वर्ष काठमाडौंमा वर्डक्याम्प हुनेगरेको थियो । नेपाल राजधानी बाहिर पोखरामा पहिलो पटक यो कार्यक्रम भएको हो । विश्वमा निर्माण हुने वेबसाइटमध्ये ३० प्रतिशत बढी वर्डप्रेस प्रयोग गरी बनाइन्छ । कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेको बताइन्छ । वर्डप्रेसबारे जानकारी दिन क्याम्प आयोजना गरिएको कार्यक्रम संयोजक पितमबहादुर सेनले बताए । सामुुदायिक हितका लागि… पुरा पढौ

सरकारी स्कुलका विद्यार्थीलाई स्टेसनरी र न्यानो कपडा

बाबा फाउन्डेसन नेपाल, रोटरी क्लब अफ पोखरा न्युरोड र इनरह्वील क्लब पोखरा न्युरोडले पोखरा महानगरपालिका २४ कास्कीकोटस्थित वसन्त आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री एवं न्यानो कपडा वितरणगरेका छन् । शुक्रबार विद्यालयमा आयोजित समारोहमा बाबा फाउन्डेसन नेपाल सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष पुष्पकमल पौडेल र इनरह्वील क्लबन्युरोड पोखराका अध्यक्ष लक्ष्मी बस्नेत अधिकारी लगायतकाले ९२ जना छात्रछात्रालाई झोला, कपी, कलम र स्वीटर वितरण गरेका छन् । रोटरी क्लब… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं