
लायन्स क्लब अफ पोखरा सप्तगण्डकीले विद्यार्थीलाई स्टेसनरी र स्वेटर वितरण गरेको छ । बुधबार जानकी आधारभूत स्कुल पोखरा १७ महतगौंडामै कार्यक्रम गरी कक्ष १ देखि ५ सम्मका ८० जना विद्यार्थीलाई स्वेटर र स्टेसनरी वितरण गरिएको हो ।
कार्यक्रममा जोन चियर पर्सन चिनु गुरुङले शिक्षा मानिसको आधारभूत अधिकार भएकाले यसको सुनिश्चितताका लागि सबैको पहल आवश्यक हुने बताइन् ।
उनले महिलाको क्लब सप्तगण्डकीले स्थापनादेखि नै उत्कृष्ट कार्य गर्दै आएको उनको भनाइ छ । विपन्न विद्यार्थीलाई स्टेसनरी र न्यानो कपडा वितरणले अध्ययनमा सहयोग पुग्ने उनले उल्लेख गरिन् ।
क्लबका प्रथम उपाध्यक्ष सपना रानाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडा सदस्य बैकुण्ठ भण्डारी, क्लबका सचिव सुमन गुप्ता, सामुदायिक सूचना समाजका अध्यक्ष दीपक आचार्य, विद्यालयका प्रधानाध्यापक गोपालराज पौडेल लगायतले बोलेका थिए ।
स्टेसनरी तथा न्यानो कपडा वितरण कार्यक्रम संयोजन गोमा पराजुली र विद्या प्रधानले गरेका थिए ।