मणिले खोले मियाँपाटनमा क्लिनिक

- मंसिर १२ देखि १ हप्तासम्म सित्तैमा मधुमेह जाँच

पोखराको मियाँपाटनमा रहेको अन्नपूर्ण क्लिनिकले सेवा सुरुआतको अवसरमा सित्तैमा मधुमेह जाँच गर्ने भएको छ ।

मंसिर १२ गतेदेखि १ हप्तासम्म क्लिनिकमा आएका बिरामीको मधुमेहको जाँच सित्तैमा गरिने सञ्चालक मणि न्यौपानेले बताए ।

मधुमेह धेरै रोगको मुहान भएको र अहिले मधुमेहका बिरामी उच्च दरमा बढेकाले शिविर आयोजना गरेको उनले बताए । न्यौपानेले भने, ‘मधुमेह हुुनु अगावै सचेतना, भइसकेकालाई समयमै उचित उपचार र खानपान भए यसलाई नियन्त्रण गर्न सकिन्छ ।’

सो अवधिमा क्लिनिकले अन्य बिरामीलाई पनि उपचारमा ३० प्रतिशत छुट दिइने जनाएको छ । क्लिनिकमा ल्याब, इसिजी, युएसजी तथा दैनिक ओपिडी जाँच गरिन्छ ।

स्वास्थ्य सेवाको क्षेत्र भएकाले आफूले नाफा कमाउन भन्दा सेवा भावले क्लिनिक खोलेको न्यौपानेले बताए । उनले उपचारमा वृद्धवृद्धालाई विशेष सहुलियत दिइनेसमेत बताए ।