ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत हुने च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरि ८ खेलाडीहरुको सहभागिता रहने छ । यस्तै अन्य टिमका ३/३ पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने छ ।
दक्षिण एशियामा ब्याडमिन्टन खेलको बिकास गर्ने उद्धेश्यले आयोजना गरिएको यस च्याम्पियनसिपको पहिलो संस्करण भारतको गुहाटीमा भएको थियो । जसमा नेपालले मिक्स टिम स्पर्धामा रजत पदक हात पारेको थियो भने पुरुष युगलमा कास्य पदक हात पारेको थियो ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ कभर्डहलमा मंसिर ११ देखि १६ गते सम्म हुने च्याम्पियनसिपमा पुरुष/महिला एकल तथा युगल, मिक्स युगल तथा मिक्स टिम ईभेन्ट्स गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने सचिव शाहले जानकारी गराए । बिजयी खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।