समाचार

साझा प्रकाशनका महाप्रबन्धक शर्माको राजीनामा

 साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले राजीनामा दिएका छन् । शर्माले ४ दिनअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई राजीनामा बुझाएका थिए । शर्मालाई आफ्नै छापाखाना र देशभर जग्गा भएको साझा प्रकाशन धराशायी भएको, कर्मचारीहरू आन्दोलनरत रहेको, तलब नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीको सम्बन्ध बिग्रिएकोलगायतका आरोप लागेका थिए । यसअघि साझामा देखिएको बेथिति रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले… पुरा पढौ

केपी ओली र म प्रेम जोडी हौँ –योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू प्रेम जोडीजस्तो भएको टिप्पणी गरेका छन् । भट्टराईले सानातिना मनमुटावले प्रेम नतोडिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको निर्वाचनताका ओलीले ताप्लेजुङ पुगेर ‘योगेशलाई जिताएर पठाउनुस्, म मन्त्री बनाएर पठाउँछु’ भनेर दिएको अभिव्यक्तिलाई लिएर सोधेको प्रश्नमा भट्टराईले यसमा प्रधानमन्त्रीको अधिकार भएकाले आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन् । प्रधानमन्त्रीय प्रणालीमा मन्त्री छनौटको अधिकार प्रधानमन्त्रीलाई… पुरा पढौ

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले उक्त उजुरी गरेका हुन् । उजुरीको शीर्षमा उनले ‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ’ भनी लेखेका छन् । व्युरोमा पठाइएको उजुरीमा श्रेष्ठले लेखेका छन्,‘आतंककारीका नामले चिनने पुष्पकमल दाहाल जसलाई प्रचण्ड पनि भनेर चिनिन्छ उनी नेपालबाट यसै साता यहाँ आएका छन् ।’… पुरा पढौ

विप्लवका १७ कार्यकर्ता पक्राउ

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ । पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य… पुरा पढौ

बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज

निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोलि फ्रान्स गएको थियो । नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८ः३० बजे  त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट… पुरा पढौ

पोखरामा ४ महिनाको बच्चालाई १५ लाखमा बेच्ने यस्तो तयारी

पोखराको नया बजारमा एउटा अनौठो घटना घट्यो । भारत पश्क्षिम बंगल घर भएकी अहिले पोखरामा व्यवसायी गर्दै आएकी सरोना मैत्रलाई एक हप्ता अगाडी आफ्नो छोरि जिम्मा लगाएर गएकी थिईन बाग्लुङ्ग बुर्तिभंगकि गाउपलिका ४ बस्ने सिता खड्काले । खड्काले आफ्नी ४ महिनाकी छोरी आफु संग पालनपोषण गर्न पैसा नभए पछी मैत्रलाई बुझाएकी हुन् । अनि उनलाई बच्चाको बाबु को हो भनेर पनि थाहा थिएन । स्थानीयहरुकोमा माग्ने क्रममा उनले छोरी लिई दिन आग्रह गरिन । केहि… पुरा पढौ

भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ

सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत… पुरा पढौ

सुरक्षाकर्मी देखि जनप्रतिनिधि सम्मलाई गाउँ पस्न नदिने विप्लवको उद्घोष

विगतको दश वर्षे जनयुद्धमा मुख्य भुमिकामा रहेका नेत्र विक्रम चन्द विप्लव सहितका ठुला नेताहरु अहिले भुमिगत भएको खबर आएको छ । आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ । विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं’ विप्लव समूहका नेता रेशम… पुरा पढौ

कास्कीमा पनि बर्डफ्लु

कास्कीको मादी गाउँपालिका–३, याङ्जाकोटमा कुखुरामा बर्डफ्लू भेटिएको छ । स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक शहदेव पौडेलले जानकारी दिए ।  सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको र त्यहाँ रहेका कुखुरा, चल्ला एवम् पक्षीजन्य पदार्थ पूर्णरुपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ… पुरा पढौ

निर्मला हत्या प्रकरणःघटनाले नयाँ मोड लिदैँ

नेपाल प्रहरीका धेरै अनुसन्धान अधिकृतले बिभिन्न तरिकाबाट अनुसन्धान गरे पनि कुनै सुइको नपाएको निर्मला पन्त बलात्कार र हत्या प्रकरणले नयाँ मोड लिएको छ । अनुसन्धानको दायरामा आएका एक व्यक्ति अहिले फरार भएपछि घटनाले नयाँ मोड लिएको हो । घटनास्थलमा ढेड बर्षदेखि अश्लिल हर्कत गर्दै आएका ति व्यक्ति निर्मलाको बलात्कार र हत्या पश्चात देखिन छाडेपछि प्रहरीले अनुसन्धान त्यता मोडेको हो । तर त्यो व्यक्ति को थियो, काँहाबाट आयो र काँहा गयो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं