हिमाली जिल्ला मुस्ताङमा एसईई परीक्षा तैयारी अन्तिम चरणमा पुगेको छ ।यसवर्ष कुल १ सय ५६ जना बिद्यार्थीले एसईई परीक्षा दिने जनाईएको छ ।
गत वर्ष मुस्ताङमा १ सय ३९ जना बिद्यार्थीले एसईई परीक्षा दिएकोमा चालुवर्ष बिद्यार्थी संख्यामा १७ जनाले बृद्धि भएको हो ।मुस्ताङबाट चालुवर्ष एसईई परीक्षा दिनेमा छात्रा ८४ जना र छात्र ७२ जना छन्् ।यसवर्ष छात्रको संख्या भन्दा छात्राको संख्या १२ जनाले बढी छ ।
एसईई परीक्षामा जिल्लाका कुल ८ वटा बिद्यालय मध्ये सबैभन्दा बढी जनहित मावि जोमसोमका बिद्यार्थी छन्् भने सबैभन्दा कम जनबाल मावि मार्फाका बिद्यार्थी छन्् ।जसअनुसार जनहित माविका ३६ र जनवाल माविका ६ जना मात्र बिद्यार्थी छन्् ।मुस्ताङमा ७ सामूदायिक र एक नीजि बिद्यालय छ ।
यसवर्षको एसईई परीक्षामा जनहित मावि जोमसोमबाट नियमित ३० र खुल्ला ६ जना गरी ३६ जना,जनवाल मावि मार्फा ६ जना,योगेन्द्र मावि टुकुचे १६ जना,जनआर्दश मावि कोवाङ २० जना,ज्ञानोदय मावि लेते २९ जना,जनशान्ति माविक कागबेनी १२ जना,दिव्यदिप मावि छोसेर ९ जना र धौलागिरी आवासिय मावि जोमसोमका २५ जनाले सहभागीता जनाउने भएका हुन्् ।खुला परीक्षातर्फ जनहित मावि बाहेका अन्य बिद्यालयले बिद्यार्थी सहभागी गराएको छैन ।
मुस्ताङमा हुने एसईई परीक्षाकेन्द्र सदरमुकाम जोमसोमको जनहित माविलाई तोकिएको छ ।परीक्षाको तैयारी अन्तिम चरण पुगेको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।उनका अनुसार प्रश्नपत्र र उत्तर पुस्तिका सबै जिल्ला आईसकेको जानकारी दिए ।
प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालयको राष्ट्रिय परीक्षा बोर्ड र उत्तर पुस्तिका शिक्षा बिकास निर्देशानालयले उपलब्ध् गराएको ईकाई प्रमुख चपाईले बताए ।
‘परीक्षाको तैयारी अन्मित चरणमा पुगेको छ ।बिद्यार्थी जिल्ला मुकाम आउने क्रम सुरु भएको छ ,’चपाईले भने,प्रबेशपत्रको तैयारी समेत पुरा भएको छ ।’
मुस्ताङमा हुने एसईई परीक्षालाई सहज रुपमा संञ्चालन गर्न १ केन्द्राध्यक्ष,१ सहायक केन्द्राध्यक्ष र ८ जना निरीक्षक रहने जनाईएको छ ।




