पोखरामा पछिल्लो समय लगातार प्याराग्लाइडिङ दुर्घटना भएका छन् । मंगलबार भएको दुर्घटनामा २ जना घाइते भएका छन् ।
सराङकोटबाट उडेको ओपन स्काई प्याराग्लाइडिङ कम्पनीको प्याराग्लाइडिङ खपौंदीमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । प्यारापाइलट चिनियाँ नागरिक ५० वर्षीय एलेस विर्किन र सिंगापुरका क ७ वर्षीय यान्ज ग्वान्ज जी घाइते भएका हुन् ।
दुर्घटना भए पनि मंगबारसम्म कम्पनीले नागरिक उडान प्रधिकरणलाई जानकारी गराएको छैन । अवतरण गर्दा बिजुलीको तारमा अड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।






