होलीको शुभकामनासँगै साँढे ५ लाखको अक्षयकोष

चाडपर्वमा नेपालीहरु शुभकामना र आत्मीयता साटासाटमात्र गर्दैनन्, जनकल्याणका र असहायलाई सहयोग पनि गर्छन् । यसपालिको होली पहारी कुल संरक्षण समितिले उदाहरणीय काम गरी मनाएको छ ।

समितिले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागी पहारी बन्धुहरुले आपसमा शुभकामना आदानप्रदानसहित पहारीहरुको हितका लागि अक्षय कोष स्थापनाका लागि रकमसमेत संकलन गरे । समिति अध्यक्ष गोविन्दराज पहारीले समितिको अक्षयकोषमा ५ लाख ५४ हजार ६ सय ५१ रुपैयाँ जम्मा भएको जानकारी दिए ।

अक्षय कोषमा अध्यक्ष आफैंले १ लाख १ हजार राखेका छन् भने महेश्वर पहारीले १ लाख र वासु पहारीले ५१ हजार दिए । समितिको कोषमा जमुनादेवी पहारी, विश्वराज पहारी र नारायण पहारीले समान ५१ हजार दिएका छन् । दुर्गादेवी पहारीले र हरिकला पहारीले पनि बराबर ५० हजार कोषलाई दिए । दिलमाया पहारीले २५ हाजर ५ सय र गोबिन्दबहादुर पहारीले २५ हजार दिएका छन् ।