समाचार

भूउपग्रह खसाल्न भारत सफल भएकाे प्रधानमन्त्री माेदीकाे भनाइ

भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।  भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गरे।  संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ।प्रधानमन्त्री मोदीले भने, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो।”  भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब… पुरा पढौ

स्वास्थ्य संस्था सूचीकरण गर्न मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण संस्थालाई सूचीकरणका लागि आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थालाई १० दिनभित्र मन्त्रालयमा सूचीकरण गराउन आग्रह गरेको हो । वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ (क) तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम सूचीकरण हुन… पुरा पढौ

साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्सको आकस्मिक अवतरण

इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नुपरेको छ । यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरु उडाउन निषेध गरिएका छन् । अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार यात्रुरहीत उक्त विमान क्यालिफोर्नियाको उडानमा रहेको र इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको… पुरा पढौ

जोखिम कम गर्न ‘क्रेडिट रेटिङ’ गर्छौं:अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुको जोखिम कम गर्न परियोजनाहरुको क्रेडिट रेटिङ गरिने बताएका छन् । आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले लगानीकर्ताहरुलाई विश्वस्त बनाउन क्रेडिट रेटिङ गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । लगानीको प्रतिफल आउने सम्भावना कत्तिको छ भन्ने विषयमा जानकार नभइ लगानीकर्ता विस्वस्त नहुने र विस्वस्त पार्नका लागि क्रेडिट रेटिङ गरिने अर्थमन्त्री खतिवडाले बताए । क्रेडिट रेटिङ… पुरा पढौ

विप्लव समूहका ७ नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने,… पुरा पढौ

अभिनेत्री उर्मिला चुनाव लड्दै

एजेन्सी – भारतमा लोकसभाले बलिउड तातेको भएको छ । अप्रिल ११ बाट सुरु हुने लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ बलिउड कलाकारहरु विभिन्न राजनीतिक दल प्रवेश गर्ने क्रम जारी छ । मंगलबार जया प्रदा भारतीय जनता पार्टी प्रवेश गरिन् भने शत्रुघन सिन्हा भाजपा छोडेर भारतीय काँग्रसमा प्रवेश गर्ने हल्ला छ । यसैबीच ‘रंगिला गर्ल’ भनेर चर्चित बलिउड अभिनेत्री उर्मिला मतोंडकरले पनि काँग्रेस प्रवेश गर्ने तयारी गरिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्… पुरा पढौ

‘प्रचण्ड’ बिहिबार स्वदेश फर्किने

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहिबार स्वदेश फिर्ता हुँदैछन् । पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका पुगेका प्रचण्ड बिहिबार स्वदेश फिर्ता हुन लागेका हुन् । पार्किन्सस् रोगबाट ग्रसित पत्नीको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि उनी फिर्ता हुन लागेका हुन् । पुरा पढौ

अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । धवलागिरि अञ्चल अस्पताल बागलुङको आज अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताए। उनले हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत आवश्यक पर्ने भन्दै सबैलाई मिलाएर लैजान सकेमा मात्र निश्चित उद्देश्य प्राप्त हुने बताए । मुख्यमन्त्री गुरुङले अस्पतालका सबै विभागको अवलोकनपछि अरुले भनेर… पुरा पढौ

पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ । मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो । बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो… पुरा पढौ

तिब्बती शरणार्थी शिविर पहिरोको जोखिममा

मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस्न थालेपछि ६५ घरधुरी तिब्बती शरणार्थीको बसोवास रहेको शिविर जोखिममा परेको हो । सुक्खा पहिरोले सोमबार शरणार्थी शिविरको स्वास्थ्य केन्द्र भवन र तीन सार्वजनिक शौचालय भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आठ घर उच्च जोखिममा परेका छन् । प्रजिअ गङ्गाबहादुर क्षेत्रीको नेतृत्वमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं