समाचार

प्रत्यायोजित व्यवस्थापन सम्बन्धि काम गर्न निर्देशनसहित सरकारलाई पत्राचार

संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारलाई प्रत्यायोजित व्यवस्थापनसम्बन्धि काम गर्न÷गराउन निर्देशनसहित पत्राचार गरेको छ। समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रत्यायोजित व्यवस्थापनसम्बन्धि काम गर्न/गराउन २२ वटै मन्त्रालयलाई निर्देशनसहितको पत्राचार गरेको हो। सर्वोच्च अदालतसहितको न्यायिक निकाय र संवैधानिक अंगहरुलाई समेत प्रत्यायोजित व्यवस्थापनसम्बन्धि सिद्धान्तलाई अवलम्बन गर्दै सो सम्बन्धि काम गर्न/गराउन पत्राचार गरिएको पनि समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए।  बैठकमा समितिका सदस्यहरुले सरकारका मन्त्रीहरुले समिति तथा संघीय संसदको बैठकमा दिएका… पुरा पढौ

कामको मूल्याङ्कन गरी मन्त्री फेरबदल गर्नु उपयुक्त : माधवकुमार नेपाल

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने, ‘लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?’ यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा… पुरा पढौ

एसईईका परीक्षार्थी त्रिशूलीमा बेपत्ता

माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो दिनको नेपाली विषयको परीक्षा सकेर त्रिशुली नदिमा नुहाउन गएका एक विद्यार्थी बेपत्ता भएका छन् ।  गण्डकी गाउँपालिका–६ बन्टारका १७ वर्षीय कमल चेपाङ सोमबार दिउँसो त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । गण्डकी गाउँपालिका–६ का वडाध्यक्ष जीवन गुरुङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै नुहाउन गएका कमल पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।  ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा डेरा लिएर बसेका कमल स्कुलका जेहेन्दार विद्यार्थी… पुरा पढौ

विप्लव समूहका ३ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले… पुरा पढौ

आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन शुरु

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषय दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ ।  नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्डस, इन्डोनेसिया, श्रीलङ्का, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्दैछन् ।  सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास,… पुरा पढौ

जलविद्युत् आयोजनाको स्टोरमा सिलिण्डर विस्फोट ४ को मृत्यु

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित माथिल्लो चाकु जलविद्युत् आयोजनाको स्टोरमा सिलिण्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । निर्माणाधिन आयोजनाको ठेकेदार कम्पनीको सिआरसी क्याम्पको स्टोरमा सोमबार साँझ सिलिण्डर विस्फोट भई मृत्यु भएको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने सुरुङ बम विस्फोट गराएको दाबी गरेका छन् । विस्फोटमा परी स्टोरकिपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिस्त्रीको ज्यान गएको डिएसपी माधव… पुरा पढौ

विप्लव आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव समूहकाे एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन्।  मंगलबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मुलुकको विकास निर्माणमा अवरोध पुर्याउने र राज्यको सम्पत्तिमा क्षति पुर्याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गरे।  मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति सम्भव नभएको उल्लेख गर्दै सरकारसँग वार्तामा आएर शान्तिपूर्ण बाटो रोज्न विप्लव समूहलाई आग्रह गरे।  “अब मुलुकमा हिंसात्मक गतिविधि गर्ने जोसुकै समूहलाई… पुरा पढौ

सिंहदरबार पुगेका इन्जिनियरमाथि लाठी प्रहार

सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरमाथि प्रहरीले लाठी प्रहार गरेको छ। सरकारले सेवा, सुविधावापतको रकम कटौती गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो। प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढी इन्जिनियर घाइते भएका छन्। आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरले आपत्ति जनाएका छन्। पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा वापतको रकम… पुरा पढौ

हिमपातले मर्ने चौपायाको संख्या थपिदै

मुस्ताङबासीका लागि यो वर्ष निकै सास्तीमय बन्यो ।यसको कारण हो यो वर्ष परेको हिमपात ।करिव २ हजारको संख्यामा चौपाया हिमपातबाट मरेको तथ्याङक सेलाउन नपाउदै थप अरु ३ सय ५० चौपाया मरेको पुष्टि भएको छ । सबै स्थानीयतहमा पशुचौपाय मरेको तथ्याङक बाहिर आउदै गर्दा सोमबार पुन वारागुङ ३ तेताङमा पशुचौपाया मरेको किस्न गुरुङले जानकारी गराएका छन् ।उनले उक्त बिवरण म्यासेज गरी जानकारी गराएका हुन् । वारागुङ मूक्तिक्षेत्र गाउँपालिकामा साङ्ता गाउँ पछिको… पुरा पढौ

लायन्स पोखरा मिड टाउनमा सुरेन्द्र

लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा रुक्मागत भण्डारी, द्वितीय उपाध्यक्षमा रविराज भुत्र्याल, तृतीय उपाध्यक्ष सुनादेवी श्रेष्ठ, सचिवमा विकास भुर्तेल, क्लब एडमिनिस्टेटरमा पोषकहादुर भुजेल, कोषाध्यक्षमा लेखबहादुर केसी, सहसचिव त्रिलोचन गौतम र सहकोषाध्यक्षमा लोकनाथ भण्डारी चयन भएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं