समाचार

लायन्स पोखरा मिड टाउनमा सुरेन्द्र

लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा रुक्मागत भण्डारी, द्वितीय उपाध्यक्षमा रविराज भुत्र्याल, तृतीय उपाध्यक्ष सुनादेवी श्रेष्ठ, सचिवमा विकास भुर्तेल, क्लब एडमिनिस्टेटरमा पोषकहादुर भुजेल, कोषाध्यक्षमा लेखबहादुर केसी, सहसचिव त्रिलोचन गौतम र सहकोषाध्यक्षमा लोकनाथ भण्डारी चयन भएका… पुरा पढौ

पर्वतमा पहिलो पटक खाना महोत्सव हुने

पर्वत जिल्लामा  पहिलो पटक सडक खाना महोत्सवको आयोजना हुने भएको छ ।  नयाँ बर्षको अवसर पारेर चैत्र ३० देखि बैशाख २ गतेसम्म चल्नेगरी सडक खाना महोत्सव गर्न लागिएकाे हो । ‘सडकमा खाउँ र सडकमै रमाउँ’ भन्ने नाराका साथ नयाँ वर्ष २०७६को अवसरपारी उक्त महोत्सव आयोजना गर्न लागेको जेसिसका अध्यक्ष मोहोन आर्चायले बताए । सडक खाना महोत्सवमा  २५ हजारसम्म पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।  महोत्सव सम्पन्न गर्न २४ लाख ३०… पुरा पढौ

एनआरएनए स्कटल्याण्डको “हिल वाक” भब्य रुपमा सम्पन्न

एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल,  स्टरलिङमा  आइतबार आयोजना गरेको  हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको   एनआरएनए  स्कटल्याण्डको  नौलो तरिकाको हिल वाक इभेन्टले  एनआरएनएप्रति सचेतना जगाएको  एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले बताए। "एनआरएनए  स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले  सहभागीहरुमाझ  एनआरएनए  प्रति सकरात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन  बिस्तारमा सहयोग पुगेको छ " अध्यक्ष … पुरा पढौ

अफगानिस्तानमा विस्फोट आठ सर्वासाधारण घाइते

अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ । यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको… पुरा पढौ

प्रधानमन्त्रीले दिए विप्लवलाई दुई हप्ते ‘अल्टिमेटम’

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई मूलधारको राजनीतिमा आउन दुई हप्ताको समयसीमा दिएका छन् । सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले चैतभित्रै विप्लवका गतिविधि नियन्त्रणमा लिइने दाबी गरे । ‘सरकारले एक महिनाभित्र विप्लवका गतिविधि नियन्त्रणमा लिइसक्छ’, ओलीले थपे, ‘राम्रो बाटो आए ठिकै छ । नभए जेलको बाटो गरी मूलधारमा आउँछ । त्यो पनि चैत महिनाभित्रै ।’ यसअघि आइतबार संसद बैठकमा बोल्दै प्रधानमन्त्रीले… पुरा पढौ

नेपाल र जापानबीच श्रम सम्झौता

नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच   श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो। नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवरमार्फत चर्को लागतमा गइरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी सम्झौतामा हस्ताक्षर भएको हो। सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को मापदण्ड अनुसार नेपाली श्रमिकहरुको जापान रोजगारीका लागि पठाउने… पुरा पढौ

विप्लव समूह हतियार बिसाएर आए सरकार वार्ता गर्न तयार छ:रक्षामन्त्री पोखरेल

रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको रक्षामन्त्री पोखरेलको भनाइ छ । विराटनगर बिमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताए । ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ रक्षामन्त्री पोखरेलले भने, ‘विप्लव समूह हतियार… पुरा पढौ

समृद्धिको जति कुरा गरे पनि सरकार ओरालो लाग्यो : डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार जति नै समृद्धिको कुरा गरे पनि सरकार असफलतातर्फ उन्मुख रहेको औंल्याएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, तथा विकास खर्च समेत लक्ष्य अनुसार हुन नसक्दा सरकार असफलतातर्फ उन्मुख हुन पुगेको बताएका हुन् ।  सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको एक वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दावी गरे… पुरा पढौ

मुस्ताङको छैरोमा फेरी जमिन भाँसियो,जिल्ला सुरक्षा टोली पहिरो स्थल जाँदै

कमजोर धरातलिय स्वरुप रहेको मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरो क्याम्प नजिकै पश्चिमतर्फ कालिगण्डकी नदी किनारमा अवस्थित खेतियोग्य जमिन सोमबार बिहान भाँसिएको छ । जलश्रोत तथा सिचाई बिकास सवडिभिजन कार्यालय मुस्ताङले डोजर लगाई आवश्यक तटबन्ध निर्माण गर्ने क्रममा जमिन भाँसिएको जनाईएको छ । गत माघ ९ गते उक्त स्थानमा सुख्खा पहिरो जाँदा कालिगण्डकी नदी थुनिदा त्यहाँका केही घरहरु जोखिममा परेका थिए ।स्थानीय प्रशासन र स्थानीयबासीको सहयोगमा कालिगण्डकी खुलाईएको थियो ।सुख्खा पहिरो… पुरा पढौ

‘विप्लवका कोशी व्यूरो इञ्चार्जसहित दुई जना पक्राउ

 सरकारको प्रतिबन्धसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकपछि अर्को झट्का लाग्न थालेको छ । तेस्रो वरियताका नेता हेमन्तप्रकाश वलीसहित नौं कार्यकर्ता पक्राउ परेको लगतै फेरि विप्लव माओवादीका कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) सहित २ जना पक्राउ परेका छन् । श्रेष्ठसँगै आकाश शर्मा मोरङबाट पक्राउ परेका हुन् । श्रेष्ठ र शर्मा पक्राउ परेको प्रहरीले भने पुष्टि गरेको छैन । यसको विस्तृत विवरण आउन अझै बाँकी छ ।  यसअघि प्रहरीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं