हिमपातले मर्ने चौपायाको संख्या थपिदै

मुस्ताङबासीका लागि यो वर्ष निकै सास्तीमय बन्यो ।यसको कारण हो यो वर्ष परेको हिमपात ।करिव २ हजारको संख्यामा चौपाया हिमपातबाट मरेको तथ्याङक सेलाउन नपाउदै थप अरु ३ सय ५० चौपाया मरेको पुष्टि भएको छ ।


सबै स्थानीयतहमा पशुचौपाय मरेको तथ्याङक बाहिर आउदै गर्दा सोमबार पुन वारागुङ ३ तेताङमा पशुचौपाया मरेको किस्न गुरुङले जानकारी गराएका छन् ।उनले उक्त बिवरण म्यासेज गरी जानकारी गराएका हुन् ।


वारागुङ मूक्तिक्षेत्र गाउँपालिकामा साङ्ता गाउँ पछिको गरिव र निम्न आयश्रोत भएको गाउँ हो तेताङ ।भिरालो सतहमा करिव ३० देखि ३५ को संख्यामा गुरुङ बस्ती छ ।पशुपालन र सामान्य खेतिपातीमा निर्भर तेताङबासी पशुपालन व्यवसायले नै धानिएका छन् ।केहीले हस्तकलाका सामाग्री पनि बनाउँछन् ।खेति गरेको अन्नले ४ महिना पनि पुग्दैन ।तैपनी जेनतेनले बाँचेका छन् त्यहाँका स्थानीयबासी ।


तेताङबासीको पनि पीडाँ उस्तै छ ।पर्याप्त सन्तुलित चरनक्षेत्र नहुदा उनीको व्यवसाय कष्टकर बनेको हो ।हिउँदयामा अपायक घाँम नलाग्ने उच्चपहाडीक्षेत्रमा चरन रहदा चौपाया तथा गोठालालाई सास्ती बन्ने गरेको किस्न गुरुङले बताए ।

लेकका गोठमा रहेका भेडाच्याङ्ग्राको अवस्थाबारे अहिले सम्म उनीहरु बेखबर थिए ।३ दिनअघि गोठमा पुगेर हेर्दा त्यहाँ भएका धेरै संख्यामा चौपाया मरेको उनी बताउछन् ।उनले ३ वटा गोठको साँढे ३ सय भेडाच्याङग्रा मरेको सुनाए ।


निकै दुख र मेहनतले हुर्काईका चौपाया मरेपछि उपल्लो मुस्ताङबासी जस्तै तेताङबासी पनि निराश भएका छन् ।मरेका चौपाया न बिक्रि हुने न त खान मिल्ने ,यसैले यो वर्षको सबै लगानी खेर गएको उनको भनाई छ ।

उनले भने,‘ चौपाया सबै हिमपातको शिकार भए,लगानी डुबिसक्यो ,स्थानीय ,प्रदेश र संघ सरकारले राहत दिएन ।’