नेपालदूत , पोखरा
चैत्र १३ गते २०७५
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहिबार स्वदेश फिर्ता हुँदैछन् ।
पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका पुगेका प्रचण्ड बिहिबार स्वदेश फिर्ता हुन लागेका हुन् । पार्किन्सस् रोगबाट ग्रसित पत्नीको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि उनी फिर्ता हुन लागेका हुन् ।