समाचार

लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी परिचालन

गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट (२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजार भन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ ।चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ । सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ… पुरा पढौ

क्रान्तिका नाममा हिंसाको बाटो समात्नुकोऔचित्य छैन : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताएका छन  ।  नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने स्पष्ट गरे ।  नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई… पुरा पढौ

सैनिक हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु

कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ । तर पछिल्लो समय यी हेलिकप्टरहरु दुर्घटना हुनेक्रम बढेको छ ।गत वर्ष अगस्टमा साइबेरियामा यही मोडेलको… पुरा पढौ

प्रधानमन्त्रीलाई २० कित्ता शेयर

 जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो पटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शेयर परेको छ । यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ… पुरा पढौ

कर्मचारी समायोजनको काम सकिएको पण्डितको घोषणा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले  बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेका छन् । मन्त्रालयका सहसचिव सुरेश अधिकारीका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दीमा ४० हजार ७ सय ६९ समायोजन भएको जानकारी गराए । प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दीमा १४ हजार ६ सय ५९ समायोजन सम्पन्न भएको छ । स्थानीय तहमा ६६ हजार ९ सय ८ जनामा ३१ हजार… पुरा पढौ

पुष्पकमल दाहाल आज स्वदेश फर्किदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकामा श्रीमती सीता दाहालको उपचारपछि आज स्वदेश फर्कँदै छन् । अध्यक्ष, स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने छन् । अमेरिकामा श्रीमती सीता दाहालको प्रोग्रेसिभ सुप्रानुक्लियर पाल्सी रोगको स्वास्थ्य जाँच सकेर प्रचण्ड स्वदेश फर्किन लागेका हुन् । पुरा पढौ

नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक सुरु

नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ । भारतीय विदेश सचिव विजय केशव गोख्ले आज नेपाल आउनासाथ परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी भएका छन् । विदेश सचिव गोख्ले नेपालको दुईदिवसीय औपचारिक भ्रमणमा आजै काठमाडौँ आएर आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न लागेका हुन् । त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । अहिले जारी परराष्ट्रसचिव… पुरा पढौ

ब्रुमरले एकै रातमा १८ टन धुलो संकलन

काठमाडौँ महानगरपालिकाले बुधबारदेखि संचालनमा ल्याएको ब्रुमरहरुले एकै रातमा १८ टन धुलो संकलन गरेको छ ।  काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरीकुमार श्रेष्ठले ब्रुमरले एकै रातमा १८ टन धुलो संकलन गरेको जानकारी दिए । श्रेष्ठले भने, ‘काठमाडौँमा धुलो धेरै छ,  ब्रुमरले बुधबार एकै रातमा मात्र १८ टन धुलो-फोहोर संकलन गरेको छ ।’ ब्रुमर संचालनको लागि महानगरले बनाएको ५ वटा रुट अनुसार नै सडक सफा गर्दा १८ टन फोहोर संकलन भएको श्रेष्ठले… पुरा पढौ

भारत अन्तरिक्ष ‘महाशक्ति’ बनेको मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्वोधन गर्दै भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् । उनले अमेरिका, रुस र चीनपछि आफ्नो देश यो स्थानमा आएको दावी गरे । सम्वोधनमा मोदीले भने, ‘केही समय अगाडि मात्रै भारतले एउटा अभूतपूर्व उपलब्धी हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गर्‍यो । संसारका तीन देश अमेरिका, रुस र चीनले मात्रै यो उपलब्धी हासिल गरेका छन् र अब भारत यसमा… पुरा पढौ

स्वास्थ्य सेवाकाे कर्मचारी समायोजन सूची सार्वजनिक हुँदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाको कर्मचारी समायोजनको सूची आज सार्वजनिक गर्ने भएको छ । मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सेवाको समायोजन सार्वजनिक सँगै कर्मचारी समायोजन टुंगिएको घोषणा गर्न लागेको हो ।  समायोजनको लागि दुई दिनको अवधिमा रातभरी बसेर स्वास्थ्यका कर्मचारीको धेरै विषय मिलाउने प्रयास भएको मन्त्रालय स्रोतले बताए ।  स्वास्थ्यमा करिब २८ हजार कर्मचारी कार्यरत छन् पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं