हिमाली जिल्ला मुस्ताङको जोमसोममा अवस्थित एकमात्र ऐतिहाँसिक महत्वको ईको म्युजियम पूनः निर्माण हुँने भएको छ । संघीय सरकार तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले ईको म्युजियम पुननिर्माणका लागि सक्रियता देखाएका हुन् ।
संघीय सशर्त अनुदान १५ लाख र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,ईलाका संरक्षण कार्यालय जोमसोमको १५ लाख गरी कुल ३० लाख लागतमा ईको–म्युजिम पूनःनिर्माणको प्रक्रिया अघि बढेको घरपझोङ गाउँपालिकामा कार्यरत ईन्जिनियर सकलदेव शर्माले जानकारी दिए ।उनका अनुसार हालको क्षतिग्रष्त दुईतले ईको–म्युजियमको माथिल्लो तलाको संरचनालाई मासेर एकतलेको रुपमा पूनःनिर्माण गरिने जानकारी दिए ।
‘ तत्कालका लागि साविक ईको–म्युजियम पुनः निर्माण गर्ने तैयारी अघि बढ्दै छ,यसलाई चालुआर्थिक वर्षभित्र सक्ने लक्ष्य हो,ईन्जिनियर शर्माले भने,‘यसका अलवा नयाँ म्युजियमको भवनको पनि डिपिआर सुरुआत हुनेछ ,एकवर्षभित्र म्युजियमको नयाँ संरचना पुरा गर्नेछौं ।’
ईन्जिनीयर शर्माले भने,‘ईको–म्युजियम पुनःनिर्माण तत्कालका लागि संञ्चालन गर्ने उद्देश्य हो । नया बन्ने ईको म्युजियम संरचना भुकम्प प्रतिरोधात्मक आरसिसी डिजाईनको हुनेछ ।’
सदरमुकाम जोमसोमको पर्यटन प्रर्वधनको धरोहर बनेको मुस्ताङ ईको म्युजियम २०७२ सालको महाभुकम्प यता बन्द अवस्थामा छ ।२०६५ सालमा राष्ट्रिय प्रकृति संरक्षण कोषको जापानीज संस्था रोटरी ईन्टरनेशनलले ईको म्युजियम निर्माण गरेको थियो ।पर्यटन व्यापारिककेन्द्र जोमसोमको पुथाङ एयरपोर्ट बजारदेखि बाहिर दक्षिण बाँयातर्फ रोटरीले ईको म्युजियम निर्माण गरेको थियो ।म्युजियम निर्माण भएपछि जापानीज संंस्था रोटरीले अन्नपूर्ण संरक्षण आयोजना एक्याप जोमसोमको स्वामित्व रहनेगरी हस्तान्तरण गरेको थियो ।
एक्याप जोमसोमले २०६५ सालबाट करिव २ वर्ष ईको म्युजियम संंचालन गरेपछि यसको भरपर्दो व्यवस्थापन गर्न स्थानीय पुथाङ आमा समुहलाई जिम्मा लगाएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालको भनाई छ ।उनका अनुसार २०६८ सालदेखि पुथाङ आमा समुहले ईको म्युजियम संञ्चालन गरेपनि यसको ४ वर्ष बित्न नपाउँदै भुकम्पले ईको म्युजियम भुकम्पका कारण पूर्णतः बन्द भएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
भुकम्पले ईको म्यूजियमको भुईतला र माथिल्लो तलाका भागहरु धजाधजा परेका छन् ।जसका कारण भवन कुनैपनि बेला भत्किन सक्ने अवस्था रहेकाले ईको म्युजियम बन्द गर्नु परेको पुथाङ आमा समूहका सदस्यहरुको भनाई छ ।अग्लो उचाईमा निकै ठुलो क्षेत्रफल रहेको ईको म्युजियम वपपर स्याउँ ,खुर्पानी लगायतका बिरुवा लगाईएका छन् ।कालिगण्डकी करिडोर तथा निलगिरी हिमालको बिम्ब दृष्यावलोकन गर्न सकिने भएकाले यहाँ आउने पर्यटक मख्ख हुने गर्छन् ।
बेनी–जोमसोम सडकखण्डको पुथाङ बजार नजिकै अवस्थित यो संग्रहालयका कारण मुस्ताङ भित्रिएका पर्यटकको बसाई लम्बिने गरेको होटल ताजकी संञ्चालिका तृष्णा गौचनले बताईन् ।ईको म्युजियम खुल्ला हुँदा दैनिक सय भन्दा बढी बिदेशी पर्यटकले त्यहाको कलात्मक बस्तुहरुको अवलोकन गर्ने गरेको उनको भनाई छ ।यसका साथै मुस्ताङ आउने आन्तरिक पर्यटकले समेत ईको म्युजियम भित्र सजाईएका कलात्मक बस्तुहरुको अवलोकन गर्ने गरेको र यसबाट स्थानीय पर्यटन व्यवसायीलाई फाईदा पुगेको जनाईन् ।
भुकम्पको पराकम्पनले थला परेको ईको म्युजियम ४ वर्षयता जस्ताको त्यस्तै छ ।यसको पुनःनिर्माणमा ढिलाई भईरहदा मुस्ताङ भित्रिएका पर्यटकको म्युजियम अवलोकन गर्ने चाहाना अधुरो बनेको हो ।‘रोटरीले ईको म्युजियमको संरचना बनाईदियो ,यसको व्यवस्थापन गर्ने समिति समेत बनायो तर ,यसको संरक्षणमा आशालाग्दो काम भएन,’–एक स्थानीय सरोकारवालाले भने,‘मुस्ताङ जिल्लाको सबै क्षेत्र र सबै तहतप्काको प्रतिनिधित्व रहने गरी समिति निर्माण भएको थियो,तर, यसको रेखदेखमा ध्यान दिईएन ।’
ईको म्युजियम समितिमा मुस्ताङे पूर्वराजा जिग्मे परवल बिष्ट देखि मार्फाका भक्तिराज हिराचन सम्मका व्यक्ति सदस्यमा छन् ।भुकम्पले क्षतिग्रष्त ईको भवन जीर्ण बनेपछि यसको तत्काल पुननिर्माण गर्ने काममा रोटरीले चाँसो दिइएन ।जापानिज संस्था रोटरी ईन्टरनेशनले निर्माण गरेकाले स्थानीय स्तरमा यसको पुनः निर्माण गर्ने अख्तियारी नपाउदा ढिलाई हुन पुगेको एक्याप प्रमुख दाहालको तर्क छ ।
मुस्ताङ जिल्लाको भौगोलिक,धार्मिक ,सास्कृतिक,सामाजिक,आर्थिक,प्राकृतिक तथा जैविक तस्विर झल्कने कलात्मक सामाग्री राखिएको ईको म्युजियम अवलोकनपछि समग्र मुस्ताङको परिचय खुल्ने पर्यटन व्यवसायी राकेश भट्टचनको भनाई छ ।उनले मुस्ताङमा उत्पादित कृषिजन्य सामाग्री,स्थानीयको रहन सहन भेषभुषा लगायतका बस्तुहरु सजाईएकाले पर्यटकलाई ईको म्युजियम महत्वपूर्ण भएको सुझाए ।
ईको म्युजियम मुस्ताङको महत्वपूर्ण गहना भएको उल्लेख गर्दै उनले म्युजियम बन्द रहदा पर्यटन व्यवसायीलाई ठुलो घाटा परेको सुनाए ।




