समाचार

मणिपालले पिसिएल नर्सिङ पढाउन नपाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीले पिसिएल नर्सिङ पढाउने १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन गरेको छ। कास्कीको मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराले पनि नर्सिङमा विद्यार्थी भर्ना गर्न नपाउने भएको छ । चिकित्सा शिक्षा आयोगको पत्रपछि सिटिइभिटीले १५ वटा कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको हो। सिटइभिटीले ८ गते ती कलेजमा भर्ना खुला गरेको थियो। आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन… पुरा पढौ

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो। सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन्। अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ। पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र… पुरा पढौ

गायक विमलराज क्षेत्री कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने

लोकगायक विमलराज क्षेत्री कांग्रेस राजनीतिमा होमिएका छन् । क्षेत्री १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछन् । पर्वतबाट खुल्ला महाधिवेशन प्रतिनिधिमा निर्वाचित क्षेत्रीले लोकसांस्कृतिक क्षेत्रको सम्मान र प्रतिनिधित्वका लागि आफू केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताए । २०५० सालमा पर्वतको श्री शारदा माविबाट नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका क्षेत्री नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व केन्द्रीय सदस्य समेत हुन् । २०५६ सालबाट औपचारिक गायन यात्रा सुरु गरेका क्षेत्रीको बल्लै… पुरा पढौ

पूर्वाधार बन्यो, प्याराग्लाइडिङ उडेन

बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका छैन । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएकोे जानकारी दिए । पोखराको प्याराग्लाडिङको विकल्पका रुपमा विकास गर्ने जनाउँदै प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँ संरचना निर्माण गरेको थियो । मन्त्रालयको पर्यटन महाशाखाले… पुरा पढौ

बागलुङका २ सरकारी कार्यालयलाई उच्च अदालतको कारण देखाऊ आदेश

द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । जाहेरी दर्ता गर्न नपर्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्चले आदेश दिएको हो । द्वन्द्वकालमा आफ्ना परिवारका सदस्य बेपत्ता पार्नेलाई कारबाहीको माग गर्दै बागलुङको गलकोट नगरपालिका–२ की छमकुमारी बस्नेत… पुरा पढौ

जीवन परियार सहमहामन्त्रीमा उठ्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलन उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरे । “हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने । उनी पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनेका थिए । पुरा पढौ

ज्ञानेन्द्रको हस्तक्षेपको भत्र्सना गर्छु, पार्टी फुट्दैन: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक वधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु । महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ… पुरा पढौ

ओमिक्रोन देखिएसँगै उच्च सतर्कता

नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । नयाँ भेरियन्ट पुष्टि भएको देश हँुदै त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६… पुरा पढौ

शिव पलाँसका गीत पुस्तकमा

माया गर्नुको अर्थ, आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा जस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको गीत संग्रह बजारमा आएको छ । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज गीतकार, समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलंकार, बिम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए । विभिन्न भावका सर्वकालिक गीत पलाँसको कृतिमा रहेको बरालले उल्लेख गरे । उनले भने, ‘पलाँस महात्वपूर्ण गीतकार… पुरा पढौ

पोखरा महोत्सव पुस २८ बाट, तयारीका लागि मूल समिति र ४१ उपसमिति

पोखरा महोत्सवको ११ औं संस्करण पुस २८ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुनेछ । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति तथा सल्लाहकार चयन गरिएको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन । सोमबार बसेको क्लबको बैठकले अध्यक्ष राजु श्रेष्ठ संयोजक रहेको मुल आयोजक समितिसहित ४१ उपसमिति गठन गरेको छ । कार्य सम्पादन उपसमिति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं