पेशागत बिमा अभिकर्ता संघ नेपाल शाखा समिति एलआइसी पोखराको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले देवी तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा नैनबहादुर क्षेत्री(नवीन), सचिवमा यज्ञबहादुर नेपाली, सहसचिव रञ्जना भण्डारी र कोषाध्यक्ष रामकृष्ण ढुंगाना छन् ।
सदस्यमा नारायणी केसी, भगवती सुवेदी, उषाकुमारी गुरुङ, धनबहादुर गुरुङ, सोमबहादुर गुरुङ, दीपेन्द्रसिंह लामिछाने, निरु केसी, बुद्धिराज सुवेदी र प्रमिला रानाभाट छन् ।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जीवन बिमा र स्वास्थ्य बिमा परिपुरक भएको जनाए । उनले बिमा क्षेत्रबारे सर्वसाधारणलाई जानकारी दिनु अभिकर्ताको कर्तव्य भएको उनले उल्लेख गरे ।
संस्थाका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी, पेशागत बिमा अभिकर्ता संघ नेपाल केन्द्रीय अध्यक्ष कल्याणविक्रम पाण्डे, संस्थापक अध्यक्ष रुकबहादुर गुरुङ, एजेन्सी म्यानेजर पारस द्वा, गोबिन्द खड्का, नवराज क्षेत्री, वरिष्ठ अभिकर्ता औंबहादुर गुरुङ, सचिव देवी तिमिल्सिना, सुशील ढुंगाना लगायतले बोलेका थिए ।






