समाचार

तनहुँमा गोली लागेर युवकको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।… पुरा पढौ

अखिल नेपाल लेखक संघ गण्डकीमा भीम

अखिल नेपाल लेखक, संघ गण्डकी प्रदेश समितिको अध्यक्षको जिम्मेवारी भीम रानाभाटले पाएका छन् । शनिबार भएको भेलाबाट साहित्यकार रानाभाटको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनिएको हो । समितिको उपाध्यक्षमा दुर्गानारायण ढकाल, सचिव किशोर मनस्वी, सहसचिव रामजीप्रसाद आचार्य, कोषाध्यक्ष आकाश अधिकारी छन् । सदस्यमा खिमानन्द गिरी, नारायण लम्साल, गोमा पौडेल, शिव सस्मित, माधव घिमिरे, भोजराज खण्डलु, मित्रबन्धु पौडेल र रूपीन्द्र प्रभावी कटु छन् । महिला उपाध्यक्ष र १ जना सदस्यपछि थप गरिने… पुरा पढौ

सहिद परिवारको उपचार सित्तैमा गर्न कास्की कांग्रेसको माग

नेपाली कांग्रेस कास्कीको पहिलो बैठकले ३ वटा निर्णण गरेको छ । बिहीबार बसेको बैठकले द्वन्द्वकालमा सहिद भएका परिवारका सदस्य एवं सम्पूर्ण घाइतेको निशुल्क उपचारका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो । द्वन्द्वकालमा नेपाली कांग्रेसबाट सहिद भएका परिवारका सदस्य साथै घाइते र अपांग भएकालाई निशुल्क उपचार गर्न प्रदेश सरकारसँग माग गर्न निर्णय गरेको कांग्रेस कास्की सचिव भानुभक्त ढकालले जानकारी दिए । द्वन्द्वकालमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेशबाट मिजुरेडाँडाका रतनसिंह गुरुङ,… पुरा पढौ

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मंसिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । सम्मेलनमा ९ सय हाराहारी प्रतिनिधि सहभागी हुने छन् । सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् । यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने छन् । राष्ट्रिय सम्मेलन नेकपा (माओवादी केन्द्र)का… पुरा पढौ

महिला हिंसा : भ्रुणदेखि घाटसम्म

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन टक्क अड्याउने खालको छ । चित्रको मुनि लेखिएको छ, ‘अनुचित भ्रूण परीक्षणपश्चात् अनावश्यक चिज (पीप जस्तै मानेर) खिलसहित निकाल्ने पापको पराकाष्ठा ।’ क्यानभासमा गर्भभित्रै कैँची चलाइएको मार्मिक दृष्यले एक पटक मानसपटल गुजुल्टिन्छ । त्यहाँबाट बगिरहेको रगतका धाराले समाजलाई गिज््याइरहेको भान हुन्छ । कानुनमा जतिसुकै समानताको कुरा लेखिए… पुरा पढौ

पोखरामा अन्नपूर्ण केबलकारको परीक्षण सञ्चालन

पोखरा, १५ मंसिर/ पोखरामा निमार्ण भएको अन्नपूर्ण केबलकार परीक्षण सञ्चालनमा आएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकारको बुधबारदेखी परीक्षण सञ्चालनमा आएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण गरिएको त्रिपाठीले बताए । केबलकारमा जडान भएका गोन्डला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट आएको ७ सदस्यीय प्राविधिक टोलीले परीक्षण सञ्चालनमा ल्याएको… पुरा पढौ

पोखरा १७ मा रामेश्वर युवा क्लब गठन

सामाजिक काममा सक्रिय रहन र युवाहरुको क्षमताअभिवृद्धि गर्न पोखरा महानगरपालिका १७ पावर हाउसमा नयाँ क्लब गठन भएको छ । सोमबार भएको भेलाले गणेश ढुङ्गानाको अध्यक्षतामा रामेश्वर युवाक्लबको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शम्भु बराल, सचिवमा नवराज आचार्य, कोषाध्यक्षमा ध्रुवअधिकारी र सहसचिवमा माधव भण्डारी छन् । समिति सदस्यमा मोतिबहादुर कार्की, नारायण कार्की, आशकुमार गुरुङ, गोविन्दबहादुर शाही, अप्सरा गोदार र लक्ष्मी जिसी अधिकारी छन् । पोखरा १७ पावर हाउसमा… पुरा पढौ

पुसमा गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव

‘गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताए । १२ दिनसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, गलकोट डान्स आइडल–२०७८, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता हुनेछन् । महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला र साङ्गीतिक कार्यक्रम पनि हुने उहाँले जानकारी दिए… पुरा पढौ

कास्की कांग्रेस कास्कीमा को को चुनिए ?

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले ७२१ र भण्डारीले ६८५ मत प्राप्त गरेका हुन् । २ सचिव पदका लागि भानुभक्त ढकाल र देवेन्द्र भाट विजयी भए । नौजनाको उम्मेदवारी परेको सो पदमा ढकाल र भाटले क्रमशः ६८३ र ६८० मत प्राप्त गरे । निर्वाचनबाट सहसचिवमा नवीन सिग्देल र शङ्कर… पुरा पढौ

ह्याप्पी क्लबको सरसफाइ

पश्चिमाञ्चल इन्जिनीरिंग क्याम्पस लामाचौरको हेप्पी क्लबको आयोजनामा शनिबार सरसफाइ गरिएको छ । सरसफाई गरेर, वातावरण स्वच्छ राखौं, फोहोर व्यवस्थापन गरि ,स्वस्थ भइ बाचौँ भन्ने सन्देशसहित कार्यक्रम भएको हो । स्थानीय क्लब हरु एलसि ब्रदर्स, एनएसिओडिएस लगायत उक्त इन्जिनीरिंग क्याम्पसका विभिन्न क्लबको सहकार्य बृहत लामाचौर सरसफाई कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय समूह, जनसमुदाय, संघ, संस्थाको पनि उल्लेखनीय उपस्थिति थियो , बिहान ७ बजे लामाचौरचोकबाट सुरु भएर क्याम्पस क्षेत्र र क्याम्पस… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं