कोभिड खोप राजनीति र व्यापारिक स्वार्थ :

३ डोज फाइजरको खोप लगायो भने ओमिक्रोन प्राजतिमा प्रभावकारी हुन्छ भनेर फाइजरले दावी गरेको छ | फाइजरको बुस्टर डोज ३ /३ महिनामा लगाउन सकिने जनाइएको छ | यो बायस अनुसन्धान हो | कोरोना भाइरसविरुद्ध बनेका हरेक खोप ओमिक्रोन प्रजातिको लागि उत्तिकै प्रभावकारी छन् | तसर्थ जुन खोप लगाएपनि सुरक्षा प्रदान गर्दछ |

बुस्टर डोज सबैले लगाउनु आबश्यक छैन | जोखिम बर्गका व्यक्तिहरु तथा संक्रमितसंग काम गर्नुपर्ने व्यक्ति र एन्टिबोडी नबनेका वा न्यून बनेका व्यक्तिले मात्र बुस्टर डोज लगाउनुपर्छ | हामीकहाँ खोप लगाउन नपाएका नागरिक ६६ % छन् | पहिले उहाँहरु सबैलाई पूर्ण मात्रा लगाएपछि मात्र बुस्टर डोज सुरु गर्नु न्याय संगत हुन्छ | सबै नागरिकले खोप लगाएमा मात्र महामारी नियन्त्रणमा आउँछ | अन्यथा महामारी लम्बिने गर्दछ |

चीन र पश्चिमा मुलुकको बिरोधको कारण एक देशमा बनेको खोप अर्को देशमा मान्यता नदिने खेल खेदजनक छ | मान्यताप्राप्त खोप जुन देशको लगाएपनि सबै देशले मान्यता दिनुपर्दछ | अफ्रिका लगायत गरिब मुलुक जहाँ खोपको पहुँच सिमित छ, त्यस्तो ठाउँबाट नयाँ र शक्तिशाली उत्परिवर्तन हुने भएकोले खोपमा राष्ट्रबाद हेरिनु हुँदैन | एकपटक विश्वका सबै नागरिकलाई खोप लगाउने अभियान सुरु गर्ने हो भने हामीले महामारीबाट मुक्ति पाउनेछौं | महामारीबाट मुक्ति पाउनको लागि बिर्सिनै नहुने पाटो भनेको गरिबी निवारण हो | जबसम्म संसारमा गरिबी निवारण हुँदैन तबसम्म नयाँ नयाँ महामारी आउने सम्भावना जीवितै रहन्छ | महामारी र युद्ध नियन्त्रणको लागि आर्थिक पाटोलाई कुनैपनि देशले नजरअन्दाज गर्नु हुँदैन |