समाचार

हिमचितुवाको फोटो खिच्ने टासी सम्मानित

अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई सकेका चर्चित ब्यक्तित्व घलेलाई ब्यास न.पा. तनहुँको तनहँुसुरमा गण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरेका छन । कार्यक्रममा टासी आर घलेले दुर्लभ… पुरा पढौ

मानवसेवा आश्रमको भवन बनाउन महायज्ञ

पोखरा २५ हेमजा स्थित बाबियातारामा मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणका लागि रकम अभाव हुने भएपछि महायज्ञ गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो । मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी… पुरा पढौ

पोउवासंघका सदस्यलाई मणिपालमा छुट

पोखरा उद्योग वाणिज्य संघका सदस्यले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् । संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा. अभिषेक मास्केबीच यसबारे सम्झौता भएको छ । अब संघका सदस्यले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन ।संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निशुल्क… पुरा पढौ

सिक्लेसमा केबलकार नबनाउन आदेश

सर्वोच्च अदालतले सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल गरेरमात्र निष्कर्षमा पुग्नुपर्ने ठहर गर्दै अल्पकालीन अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘दुवै पक्षबीच छलफल नभएसम्म निवेदनमा उल्लेखित क्षेत्रमा कुनै केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्नू÷नगराउनू भनी विपक्षीहरूको नाममा सर्वोच्च… पुरा पढौ

पोखरा,दमौली र लेखनाथमा सेवा विस्तार गर्दै वाईफाई नेपाल

पोखरा । पोखरा, दमौली र लेखनाथ बासीले अब सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच वाईफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो । काठमाडौंमा सफलता पूर्वक सुरुवात भई संचालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने वाईफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले बताए । उनका अनुसार वाईफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको… पुरा पढौ

सरकार गठबन्धनको निर्देशनमा चल्छः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए । उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश… पुरा पढौ

तनहुँबाट पललाई सफाइ, अझै मुक्त हुदैनन् जेलबाट

बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहले सफाइ पाएका छन् । जिल्ला अदालत तनहुँका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा… पुरा पढौ

विमान दुर्घटनापछि एटिआरको विज्ञ टोली पोखरा आयो

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटिआर विमान निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । ‘एटिआर निर्माता कम्पनीबाट काठमाडौँ आएको ९ सदस्यीय विज्ञ टोली पोखरा पुगिसकेको छ’, उनले भने, ‘विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासो बढेको छ ।’ सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको… पुरा पढौ

दुर्घटनाबाट मर्माहत छौंः श्रमिक मोर्चा

आइतबार पोखरामा यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रमिक समुदाय मोर्चा गण्डकी प्रदेशले श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका ५ जना श्रमिक समुदायकासहित सबैमा श्रद्धाञ्जली अर्पण गरेको हो । मोर्चाका गण्डकी प्रदेश इन्चार्ज उमेश सिके र संयोजक कुमार परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएका परिवार र आफन्तजनप्रति समवेदनासमेत प्रकट गरिएको छ । नेपालमा पटक पटक विमान दुर्घटना दोहोरिनु निकै दुखद… पुरा पढौ

विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता

पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उहाँले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ । उहाँले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं