एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकीमा नयाँ समिति

एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेशको दोस्रो अधिवेशनले गोरखाका टीकाराम श्रेष्ठको अध्यक्षतामा ५३ सदस्यीय नयाँ समिति चुनेको छ ।

शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शोमा गुरुङ (कास्की), महिला उपाध्यक्ष सुमित्रा लम्साल (नवलपुर), उपाध्यक्षद्वयमा कास्कीका नारायणप्रसाद चापागाई र बागलुङकी इन्दु शर्मा छन् । महासचिवमा लमजुङका सीताराम अधिकारी र अर्थ उपमहासचिवमा बाबुराम विक छन् ।

उपमहासचिवमा म्याग्दीका दण्डपाणि शर्मा, महिला सचिव स्याङ्जाकी कृष्णदेवी थापा र सदस्यद्वयमा राजेन्द्र पौडेल र रामचन्द्र पौडेल छन् ।