समाचार

हिमालयन बुद्ध फाउन्डेसनमा कुमारको नेतृत्व

हिमालयन बुद्ध फाउन्डेसन कास्कीको छैटौं अधिवेशन एवं साधारणसभाले कुमार गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा रामप्रसाद अधिकारी, सचिव प्रदीप गुरुङ र कोषाध्यक्षमा विश्व गुरुङ निर्वाचित भए । फाउन्डेसनका सदस्यमा नारायण गुरुङ, मोतीप्रसाद गुरुङ, चन्द्रशोभा गुरुङ, बलराम शर्मा, धनमाया गुरुङ, अमर गुरुङ र दुर्गाकुमारी गुरुङ छन् । नयाँ कार्यसमितिले गौमान गुरुङलाई आमन्त्रित सदस्य मनोनित गरेको छ । हिमालयन बुद्ध फाउन्डेसन २०६२ मा स्थापना भएको हो… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

काठमाडौं, २८ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गर्नुभएको छ। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा… पुरा पढौ

ओली भेट्न बालकोट पुगे प्रचण्ड, यसरी हुन सक्छ भागबन्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट फर्किएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं आइपुगेका उनी सत्ता साझेदार प्रमुख घटक एमालेका अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न पुगेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ । प्रधानमन्त्रीसहित बढीमा २५… पुरा पढौ

जनएकताको सभा

पोखरा, २७ पुसजनएकता बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा बुधबार भएको छ । सहकारीका अध्यक्ष करुणाकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मुक्ति पनेरु, उपाध्यक्ष सुनिल पाण्डे, सेयर सदस्य सुजन श्रेष्ठ, नीलप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । सभाले कोषाध्यक्ष हरिशरण श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा संयोजक मनबहादुर थापाको लेखा प्रतिवेदन पारित गरेको छ । पुरा पढौ

लुम्बिनीमा पनि एमाले, माओवादी आलोपालो

लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो भएका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको जनाए । शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको उनले बताए । लुम्बिनी सरकारको नेतृत्वमा माओवादी केन्द्रले पनि दावी गर्दै आएको थियो । माओवादी केन्द्रले लुम्बिनीलाई ‘जनयुद्ध’को उद्गमस्थल र पार्टीको संगठन अन्य प्रदेशको तुलनामा राम्रो भएको भन्दै मुख्यमन्त्रीमा दाबी… पुरा पढौ

पोखरा २४ का वडाध्यक्ष पक्राउ

वडा सदस्यलाई जातीय विभेदजन्य गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष भरतबहादुर अधिकारीले गत आइतबार जातीय विभेदजन्य गालीगलौज गरेको उजुरी परेको थियो । वडाध्यक्ष अधिकारी मंगलबार बिहान आफैं प्रहरीमा उपस्थित भएका हुन् । उनीविरुद्ध पोखरा २४ की दलित सदस्य मैया नेपालीले जाहेरी दिएकी थिइन् । ‘तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग… पुरा पढौ

सरकारलाई प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहालले ससदबाट विश्वासको मत पाएका छन् । दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । उनी गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २ सय ६८ सांसदले विश्वासको मत दिएका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ… पुरा पढौ

देउवालाई ओलीको प्रश्नः गुरुजी, तपाईँले होइन पटक पटक संसद् विघटन गरेको ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ । देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै बोल्न रोष्टममा उभिएका ओलीले देउवालाई जवाफ दिएका हुन् । संसद् विघटनको पक्षमा ओलीले बोलेकोमा देउवाले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए । जवाफमा ओलीले भने, गुरुजी, आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ?… पुरा पढौ

चुनाव लड्न बोरामा पैसा लैजानुपरेको छः चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने बताएका छन्। उनले सबै ठूला दल एकठाउँमा उभिए पनि आफूले विपक्षमा मतदान गर्ने बताएका हुन्। उनले अहिले चुनावमा जान खर्च धेरै लाग्ने भन्दै त्यो उठाउनका लागि सबै ठूला दल एकै ठाउँमा उभिएको आरोप लगाए। ‘पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ। सरकारमा नगइ र नबसी चुनावमा उडाएको पैसा उठ्छ ? त्यसबाट बच्न… पुरा पढौ

गण्डकीमा बन्यो नयाँ सरकार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । अधिकारीलाई उनको दल एमालेसहित माओवादी, राप्रपा र स्वतन्त्र गरी ३३ सांसदको समर्थन छ , माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङसमेत मन्त्री बनेका छन् । उनीहरु सबै विना विभागीय मन्त्री हुन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं