एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति ओखलढुंगाको अध्यक्षमा ईन्द्रप्रसाद लुईटेल चयन भएका छन् ।
शनिबारभ एको छैठौ जिल्ला सम्मेलनबाट उपाध्यक्षमा ध्रुवलाल सन्ज्याल, सचिव शिव ढुंगाना, कोषाध्यक्ष किली शेर्पा छन् ।
सर्वसम्मत चुनिएको कार्यसमिति २१ सदस्यीय छ । सम्मेलनले प्रदेश तथा केन्द्रीय सम्मेलन प्रतिनिधि तथा पर्यबेक्षकसमेत छनोट गरेको छ।
कार्यक्रममा संस्थाका केन्द्रीय अर्थ उपमहासचिव कुलप्रसाद खतिवडा, माओवादी केन्द्र ओखलढुंगा इन्चार्ज चम्पा कार्की (आशा), माओवादी प्रदेश सदस्य रामकुमार कार्की, संगठनका केन्द्रीय सदस्य रामकुमार ढकाल लगायतले बोलेका थिए ।
नवनिर्वाचित अध्यक्ष लुईँटेलले विद्यालय र शिक्षकका समस्या समाधान गर्दै शिक्षण सिकाईलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘शिक्षकका अरु साथी संगठनहरुसँग सहकार्य गर्दै शिक्षणलाई प्रभावकारी बनाउन र शिक्षकका पीर, मर्का सम्बोधनका लागि हामी लाग्नेछौं ।’




