अखिल नेपाल शिक्षक संगठन कास्कीमा महेन्द्रमणि

एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्की जिल्ला समन्वय समितिको पाँचौं सम्मेलनबाट अध्यक्ष महेन्द्रमणि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ ।

मंगलबार भएको संस्थाको सम्मेलनबाट उपाध्यक्ष प्रकाश रिजाल, सचिव सचिन सुवेदी र कोषाध्यक्षमा प्रतिभा अधिकारी निर्वाचित भएका छन् । २१ सदस्यीय समितिमा ४ जनापछि थप गर्ने गरी १७ सदस्यीय समिति चयन भएको छ ।

कार्यक्रममा गण्डकीका भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमान, माओवादी नेता राजकाजी गुुरुङ करण, एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश समिति अध्यक्ष एवं केन्द्रिय समिति सचिव सोमनाथ ढुंगाना, माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपक कोइराला रुपक, एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीका संस्थापक अध्यक्ष कोमलनाथ बरालले बोलेका थिए ।

शोभा गुरुङ, शिवभक्त देवकोटा र बिमलबहादुर बराल रहेको निर्वाचन समितिले नयाँ कमिटी चयन गरेको हो ।