पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा ईङ्लिश बोर्डिङ स्कुलले आइतबार आफ्नो १२ औँ एस्।ई।ई।ब्याचलाई एक कार्यक्रमको आयोजना गरी विदाइ तथा शुभकामना दिएको छ ।
कक्षा नौका विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रम कक्षा नौ कै छात्र कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा छात्रा सृष्टि खत्रीले स्वागत् मन्तव्य राखेकी थिइन्।
विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले विद्यार्थीहरूलाई उच्चतम सफलताका लागि शुभकामना दिँदै हरेक गल्तीबाट परिस्कृत हुँदै सफलतालाई पछ्याउन सुझाब दिए ।
विदाइ भएर जाने विद्यार्थीका तर्फबाट अस्वीन गुरुङले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। विद्यालय निर्देशक श्रीजङ्ग गुरुङले ूभौतिक रूपमा टाढा भए पनि हाम्रो आशिर्वाद सदा विद्यार्थी कै शिरमा रहने बताए ।
कार्यक्रममा कक्षा नौ का विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए। विद्यालयको तर्फबाट विदाइ भएर जाने विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने कक्षा दसका विद्यार्थीहरूले पनि विद्यालयलाई उपहार प्रदान गरेका थिए। छात्राहरू रिनाशा शर्मा, रोशनी गुरुङ र दिक्षिता गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।




