मुख्य समाचार

धनगढी विस्फोटको जिम्मा विप्लव नेकपाले लियो

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कैलाली बम विष्फोट घटनाको जिम्मा लिएको छ । सेती महाकाली व्युरो इञ्चार्ज निर्माणले एक विज्ञप्ती जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्मरक्षाका लागि बोकेको बम विष्फोट भएको जनाइएको छ । उक्त घटनामा पार्टी कार्यकर्ता रामबहादुर सिंह (राजेश) को मृत्यु भएको जनाएको छ । घटनाको मुख्य जिम्मेवारी सरकार भएको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मा फासीवादी ओली सरकारले लिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । विष्फोटमा घाइते सिंहको उपचारका… पुरा पढौ

पाइपलाइनबाट आइपुग्यो डिजेल

 नेपालको भारतबाट पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउने सपना पूरा भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिजेल आउन शुरु भएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट दिउँसो २ बजेबाट तेल छाडिएपछि नेपाल आयल निगमको बारास्थित अमलेखगञ्ज डिपोमा डिजेल आईपुगेको निगमको अमलेखगञ्जस्थित डिपो प्रमुख प्रदीप यादवले जानकारी दिएका छन् । पाइप लाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाएको उनले बताएका छन् । आइओसीको अनुदानको सहयोगमा बनेको… पुरा पढौ

धनगढीमा शक्तिशाली विष्फोट

कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ३ शहीद गेटमा शक्तिशाली बम विष्फोट भएको छ । विस्फोटमा ५ जना घाइते भएका छन् । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी ४ बोराडाडीका केशवराज पाण्डे छन् । धनगढीको निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् । शक्तिशाली बम वस्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा ९ एमएमको… पुरा पढौ

पोखरा इन्जिनियरिङ कलेजको तनाव अन्त्य

पोखराको फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजको केही दिनदेखिको तनाव अन्त्य भएको छ । कलेजमा अध्ययनरत विभिन्न विद्यार्थी संगठन, क्याम्पस प्रशासन मिलेर संगसंगै अघि बढ्ने सहमति भएपछि तनाव अन्त्य भएको हो । वडा प्रहरी कार्यालय बैदामा भएको छलफल र सहमति पछि उक्त तनाव अन्त्य भएको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए । उनका अनुसार क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूबीच सहकार्य र एकता भइ मिलेर अघि बढ्ने, क्यापसमा लागेको… पुरा पढौ

पोखराका उद्योगी/व्यवसायी व्यवसाय छाडेर सडकमा

पोखराका उद्योगी तथा व्यवसायी आफ्नो व्यापार व्यवसाय छाडेर सडकमा उत्रिएका छन् । भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरू अव्यवहारिक भएको भन्दै उद्योगी व्यवसायीले विरोध जनाएका छन् । भिसिटिएस र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरू अव्यवहारिक भएको भन्दै उनीहरूले पोखरामा विरोध भएको छ । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा विरोध गरिएको हो । सरकारले प्रणालीगत सुधार नगरी भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (लागू गर्न लागेको… पुरा पढौ

किन तोडियो बुद्धका मूर्ति ?

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले बताए । अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको… पुरा पढौ

सवारी दुर्घटनामा १ सय ४६ जनाको मृत्यु (१ वर्षको तथ्यांक)

चितवन जिल्लामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण १ सय ४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २ सय ९५ दुर्घटनामा परी उनीहरूको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २ सय ७१ दुर्घटनामा १ सय ३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ । दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम… पुरा पढौ

विदेशबाट ल्याउन पाउने सामानको आयो नयाँ सूची

विदेशबाट फर्किंदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक भएको छ । यसअघिको सूची विस्थापित गर्दै सरकारले नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार अब विदेशबाट लुगाफाटो, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको सुन वा चाँदीका गहना ल्याउँदा भन्सार नलाग्ने भएको छ ।… पुरा पढौ

स्वकीय सचिवहरुलाई नियुक्तिपत्रबिनै तलब

 कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टिओआर) नै पाएका छन् । प्रतिसभा तथा राष्ट्रियसभाका सांसदले राज्य कोषबाट तलब सुविधा दिनेगरी अधिकृतस्तरका एकएक जना स्वकीय सचिव राखेका छन् । त्यस्ता स्वकीय सचिवका नियुक्ति प्रक्रिया र शैक्षिक योग्यता पारदर्शी छैन । संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसची २ मा स्वकीय सचिवलाई पदाधिकारी तथा सदस्यलाई दिइने… पुरा पढौ

लोकसेवाद्वारा वार्षिक कार्यतालिका सार्वजनिक

 स्थानीय तहका लागि खुलाइएको विज्ञापनको विरोधमा कार्यालय परिसरमै प्रदर्शन चलिरहेका बेला लोकसेवा आयोगले आज आफ्नो बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आज (बिहीबार) आर्थिक वर्ष २०७६–०७७ मा निजामती सेवा, सुरक्षा निकाय र सरकारी स्वामित्वका संगठित संस्थाहरुमा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले निजामती सेवातर्फ खरिदारदेखि सचिवसम्म, सुरक्षा निकाय र सरकारको ५० प्रतिशत भन्दा बढी स्वामित्व भएका संगठित संस्थामा पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार पदपूर्तिका लागि प्रतिशत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं