मुख्य समाचार

‘विप्लवसँग मिलेर हतियार उठाउँछौं : मोहन वैद्य

नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ‘किरण’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने र हतियार उठाउने घोषणा गरेका छन्। एक टेलिभिजन अन्तर्वार्तामा महासचिव वैद्यले यस्तो घोषणा गरेका हुन् । उनले एकताका लागि विप्लवसँग कुराकानी भइरहेको बनाए। ‘पहिला हामी गठबन्धन गर्छौं। त्यसपछि राजनीतिक मुद्दामा सहकार्य गर्छौं। अन्ततः हामी एकता गर्छौं’ उनले भने। वैद्यले विप्लवसँगको एकतासँगै अहिले कायम रहेको संसदीय व्यवस्थालाई ध्वस्त पार्ने पनि चेतावनी दिए। उनले सत्तारुढ दल नेपाल… पुरा पढौ

यसरी चल्दैछ नेपालमै पानीजहाज

प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणीसहित देशका ठुला नदीहमा पानीजहाज चलाउने घोषणा गरेपछि धेरैले डरलाई उडन्ते गफ ठाने । अहिले नारायणीमा रिभर क्रुज सिप (मिनी पानी जहाज) सञ्चालन हुने निश्चित भईसकेको छ । नेपालमै पहिलो पटक नारायणीमा मिनी पानीजहाज दशैँअघि नै संचालन गर्ने तयारी भईरहेको छ । करिब ३५ करोड खर्चिदै रिभर क्रुज निर्माण भईरहेको छ । शनिबार रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना… पुरा पढौ

दुई सय ‘राष्ट्रसेवक’कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्राडा. शम्भुप्रसाद पटेलसहित दुई सय ‘राष्ट्रसेवक’ कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका हुन् । आयोगका अनुसार पक्राउ परेका मध्ये रौनियार र पटेल विशिष्ट श्रेणीका हुन् । एक वर्षको अवधिमा दुई विशिष्ट श्रेणीका कर्मचारी, सात जनप्रतिनिधि र ३२ विचौलियासहित दुई सय… पुरा पढौ

पाल्पाको रानीमहलको जग्गा पनि व्यक्तिका नाममा

पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको छ । कित्ता नं १६६ को १३ रोपनी नौ आना दुई पैसा क्षेत्रफलमध्ये कित्ता नं ६६० बनाई पाँच रोपनी तीन… पुरा पढौ

अनिवार्य प्यान, क-कसले लिनु पर्छ प्यान ?

आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७६–०७७ को बजेट वक्तव्यमार्फत ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ भन्ने नीति लिएको छ । आज एक सूचना जारी गर्दै विभागले उक्त नीतिको कार्यान्वयन गर्न सबैलाई लेखा नम्बर लिन भनेको हो । सरकारले रु एक हजारभन्दा बढीको भुक्तानीमा अनिवार्य रुपमा प्यान… पुरा पढौ

विप्लवमाथि प्रतिबन्धको ५ महिना

  २८ फागुन २०७६ मा सरकारले सबैलाई ‘सरप्राइज’ दिदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो । २८ फागुन अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म भएको मन्त्रिपरिषद् बैठकमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धका प्रस्तावक थिए, कुनैबेलाका उनकै सहयोद्धा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ । ‘विप्लव’माथि प्रतिबन्धको लगाउने वाताबरणको तीन घटना थियो । पहिलो फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि विस्फोट । विस्फोटमा लमजुङका सिंहप्रसाद गुरुङको ज्यान गयो । दोस्रो,… पुरा पढौ

स्कुलबाहेक नेकपामा विभाग बाँडफाँड सकियो, कसले कुन विभाग पाए ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले विभाग बाँडफाँड टुंगो लगाएका छन् । पूर्व एमालेले १८ र पूर्व माओवादीको भागमा १४ विभाग परेको छ । तर, महत्वपूर्ण विभाग मानिएको स्कुल विभाग भने टुंगो लागेको छैन । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल ‘दाहाल’ प्रचण्डले सचिवालयमा रहेका नेताहरुसँगको अनौपचारिक छलफलपछि विभागहरुको टुंगो लगाएको हो । महत्वपूर्ण मानिएको संगठन र विदेश पूव एमालेको भागमा परेको छ । अर्को महत्वपूर्ण मानिएको स्कुल विभागको टुंगो… पुरा पढौ

धमाधम सूचना प्रणालीमा इन्ट्री गराउँदै व्यवसायी

नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री (प्रविष्ट) गराउने कार्य तीब्र रुपमा अघि बढेको छ । व्यवसायीले धमाधम सूचना प्रणालीमा प्रविष्ट गराउँदै मालसामान ओसारपसार गरिरहेका छन् । यही साउन १ गतेदेखि सरकारले ढुवानीका सामान सूचना प्रणालीमा प्रविष्ट गराएर मात्रै ढुवानी गर्नुपर्ने व्यवस्था गरेको हो । आजमात्रै राजश्व अनुसन्धान विभागको ‘भेइकल एण्ड कन्साइनमेण्ट ट्रयाकिङ सिस्टम’ मा आधारित… पुरा पढौ

मन्त्री पण्डितको पुत्ला दहन

लोक सेवा आयोगकाे विज्ञापन संघियाता र समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित गरेको भन्दै सुनसरीको इटहरीमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइएकाे छ । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ समन्वय परिषदले आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको थियाे । लोक सेवा आयोगले यस अघि निकालेको विज्ञापनमा आरक्षण हटाएको भन्दै आन्दोलित बनेका उनिहरुले इटहरी मुख्य चौकमा विरोध जुलुस सहित… पुरा पढौ

मेडिकल कर्मचारीहरुको समायोजन

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक, मेडिकल रेकर्डर निरीक्षक, मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ तहका कर्मचारीहको समायोजन विवरण सार्वजनिक गरेको छ । केहि दिनयता मन्त्रालयले विभिन्न तहका कर्मचारीहरुको समायोजन सूची धमाधम सार्वजनिक गरिरहेको छ । अन्य कर्मचारीको पनि समायोजन सूची क्रमशः सार्वजनिक हुने जनाइएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं