यसरी चल्दैछ नेपालमै पानीजहाज

प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणीसहित देशका ठुला नदीहमा पानीजहाज चलाउने घोषणा गरेपछि धेरैले डरलाई उडन्ते गफ ठाने । अहिले नारायणीमा रिभर क्रुज सिप (मिनी पानी जहाज) सञ्चालन हुने निश्चित भईसकेको छ ।

नेपालमै पहिलो पटक नारायणीमा मिनी पानीजहाज दशैँअघि नै संचालन गर्ने तयारी भईरहेको छ । करिब ३५ करोड खर्चिदै रिभर क्रुज निर्माण भईरहेको छ । शनिबार रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारेमा जानकारी दिएको छ ।

कम्पनीले २ महिनामा उक्त पानीजहाज निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । पयर्टन प्रयोजनका लागि मात्र प्रयोग हुने उक्त पानीजहाज भने भरतपुर वडा नम्बर १६ स्थित ज्ञानेश्वर सामुदायिक बन काभ्रेघाटमा निर्माण भईरहेको छ। प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले उक्त पानी जहाज संचालन भएपछि नेपालमा जल यातायातको सम्भाव्यतामा प्राबिधिक आधार तयार हुने बताए । पयर्टकले बिहानको ब्रेकफास्टेदेखि अपरान्ह खाना र डिनर सबै पानीजहाजमै बसेर नदीको सयर गर्दै आनन्दको समय बिताउँन सकिने बताए ।

कम्पनीले पानीजहाज चलाउँनका लागि तत्कालका लागि काभ्रेघाटदेखि देवघाटसम्म चलाउने अनुमति लिइसकिएको छ । २ सय जनासम्मलाई सेवा दिन मिल्ने गरी निर्माण भईरहेको पानीजहाज २ तल्ला, १ सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ ।