मुख्य समाचार

कांग्रेसमा अन्तरघात गर्ने थप २३ जनालाई कारवाही, को को होलान् ?

नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न थप २३ जनालाई कारवाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई पार्टीको विधानबमोजिम कारवाही गरेको जनाएको छ ।    समितिले सोलुखुम्बुमा २०, रौतहटमा दुई र दैलेखमा एक जना त्यस्ता नेताकार्यकर्तालाई… पुरा पढौ

नेकपामा प्रचण्ड शक्तिशाली, जिल्ला इन्चार्ज छनोटमा उछिने ओलीलाई

लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले ७७ भूगोल जिल्ला कमिटीसहित नेकपाले जिल्ला कमिटीकै हैसियतका ६ महानगर कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।  नेकपामा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटीसहित ४४१ जनाको केन्द्रीय कमिटी छ । जसमध्ये २३५ केन्द्रीय नेताले जिम्मेवारी पाएका हुन् । ७७ जिल्लामध्ये पूर्वएमालेले ४१ जिल्लामा इन्चार्ज लिएको छ । माओवादी केन्द्रको भागमा ३६… पुरा पढौ

भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयल नेपालबाट फर्किए, नेपालमा यस्तो तरंग !

भारतीय गुप्तचर संस्था रअको प्रमुखमा नियुक्ती भएसँगै नेपालको पहिलो भ्रमणमा आएका सामन्त गोयल नेपालका प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीहरु र प्रभावशाली केहि व्यक्तिहरुलाई भेटेर भारत फर्किएका छन्। शनिवार साँझ नेपाल आएदेखि सोमबार उनी नगएसम्म गोयलको भ्रमणको खासै चर्चा थिएन। तर प्रचण्डसँग गोयलको भेटपछि भने विभिन्न आयामबाट चर्चाहरु शुरु भएका छन्।  नेपालको राजनीतिमा भारतीय त्यसमा पनि रअको प्रभावको चर्चा सधै हुँदै आएको छ। यो पटक रअ प्रमुखको भ्रमण यस्तै चर्चाको शिखरमा रह्यो। गोयलसँग… पुरा पढौ

चन्दा आतंक मच्चाउँदै विप्लव,अधिकतम दर २० लाख

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो । सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य… पुरा पढौ

स्थानीय तहमा भ्रष्टाचार बढ्दै,इन्जिनियर र गृह मन्त्रालय अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । पछिल्लो उजुरी कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियरलाई अख्तियारको टोलीले घूससहित पक्राउ गरेको घटनाको छ । इन्जिनियर हरिप्रसाद चौधरी,… पुरा पढौ

सेवाग्राहीकै भेषमा अख्तियारको फोर्स देशभर

सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्‍यापिड एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन् ।अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन् । ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्नेसम्मको गतिविधि उनीहरूको निगरानीमा हुन्छ । यस्ता कार्य नियन्त्रणमा आफू अग्रसर हुँदैनन् । उनीहरू अर्को टोलीलाई खबर गर्छन् । त्यसले नियन्त्रणमा लिन्छ । त्यस बेला पनि अघिल्लो टोलीका कर्मचारी सेवाग्राहीजस्तै हुन्छन् ।फोर्सकै… पुरा पढौ

मौसमले कहाँ कहाँ खतरा ?

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भागमा यतिबेला वर्षाको सम्भावना देखिएको छ । सोमबार बिहान झापा, मोरङ, सुनसरी, चितवन, पर्सा, गोर्खा, डडेलधुरा, कंचनपुर लगायतका जिल्लाहरुमा र ती जिल्ला आसपासका क्षेत्रहरुमा मेघगर्जन र चट्याङसहित वर्षा भईरहेको छ ।  यसका कारण ती क्षेत्रमा बाढी  तथा पहिरोको जोखिमको संभावना रहेकोले सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ ।  मनसून न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ रहेको छ । साथै बंगालको खाडीबाट  प्रवेश  गरेको… पुरा पढौ

‘प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको  विकल्प नरहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले तत्काल मन्त्रिमण्डलपनि पूनर्गठन नहुने जिकिर गरे ।  उनले भने, ‘जनताका अपेक्षा र गुनासाहरु व्यापक छन् । त्यसैले जनताका अपेक्षा पूरा गर्नेगरि काम गर्नुपर्छ । व्यक्ति बदलेर केही हुँदैन् । सोच र दृष्टिकोण बदल्नुपर्छ ।’ उनले तत्काल… पुरा पढौ

नेकपा जिल्ला नेतृत्व कहाँ एमाले, कहाँ माओवादीले पाए ? (नाम र जिल्लासहित)

नेकपाले जिल्लाका इन्चार्ज, सहइन्चार्जको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार दिउँसो बसेको सचिवालय बैठकले ७७ जिल्लाका इन्चार्ज, सहइन्चार्जको टुंगो लगाएको हो । बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज छानेको छ । भागबण्डा अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएका छन् । एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा… पुरा पढौ

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

 प्रहरी र गाँजा तस्करबीच मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया राप्तीखोलामा गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहका अनुसार राक्सिराङबाट पर्सा राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्री बाटो हुँदै गाँजा ओसारपसार गर्ने गिरोह र प्रहरीबीच शनिबार मध्यरातमा गोली हानाहान भएको हो । विशेष सूचनाको आधारमा उक्त स्थान पुगेको प्रहरीमाथि गोली प्रहार भएसँगै प्रहरीले जवाफी फायर गरेको थियो।घटनामा संलग्न मुख्य नाइके राक्सिराङ–१, ढुंगेनका ४३ वर्षीय कुमार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं