मुख्य समाचार

विप्लवका धनकुटा–मोरङ सेक्रेटरी पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहीबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सरकारले प्रतिबन्ध लगाएपछि राई फरार भएका थिए । केराबारीकै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । बम विष्फोट, चन्दा आतंक, हतियार संकलन लगायतका धेरै घटनामा राईको संलग्नता देखिएपछि… पुरा पढौ

नेपालका जहाज कुन-कुन देशमा जान पाउँदैनन् ?

नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् ।  कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ । राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि गरेका छन् ।  दक्षिण कोरियाले युरोपियन (ईयू) कै… पुरा पढौ

मौसम झनै खतरनाक, कहाँको अवस्था कस्तो ?

मनसुनले देशभरकै मौसम अस्तव्यस्त पारेको छ । देशका अधिकांश भागमा वर्षा हुने भएकाले मौसमविद्हरुले सतर्क रहन आग्रह गरेका छन् ।  भारी वर्षा भइरहेका स्थानमा पुनः थोरैमात्र वर्षा हुँदा पनि खतरा बढी हुने भएकाले त्यस्ता क्षेत्रमा सतर्क रहन उनीहरुले आग्रह गरेका छन् । त्यस्ता क्षेत्रमा बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका हुन् ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले बिहीबार बेलुकीसम्मै देशका धेरै स्थानमा पानी पर्ने भएकाले… पुरा पढौ

अन्नपूर्ण केवलकार सञ्चालक कालु गुरुङ्ले किन दिए स्थानीयलाई धम्की ?

पोखरामा निर्माणाधीन अन्नपूर्ण केवलकार प्रालिका सञ्चालक कालु गुरुङ्ले स्थानीयवासीलाई धम्की दिएका छन् । स्थानीयले जग्गाको मुआब्जा माग्दा उनले उल्टै धम्की दिएको पीडितहरुले बताए ।सर्वोच्चको आदेशपछि पनि गुरुङ्ले निजी जग्गामा बलमिच्याई गर्दै तयार पारेको केवलकार प्रसारण लाइन अर्थात रुट अझै हटाइएको छैनन् ।  कालु गुरुङ् सञ्चालक गुरुङले केबलकार निर्माण गर्दा पर्ने व्यक्तिगत जग्गाको मुआब्जा दिने भनेपनि हालसम्म कसैलाई मुआव्जा नदिएको स्थानीयको गुनासो छ । गुरुङ्ले मुआव्जा नदिएपछि रुट हटाउनुपर्ने र आफ्नो… पुरा पढौ

गण्डकी सरकार फजुलखर्ची

जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने निर्णय गरेपछि आलोचित गण्डकी सरकार थप फजुलखर्ची बन्दै गएको छ । मन्त्रीपरिषदले फेरि स्थानीय तहका उपप्रमुख र उपमेयरलाई गाडी सुविधा दिने निर्णय गरेको हो । संघीय संसदमा विचाराधीन सुविधासम्बन्धी विधेयकमा ‘अवकाश पाएका कर्मचारी जुनसुकै पदमा पुगे पनि दोहोरो सुविधा लिन नपाउने’ प्रावधान राख्न संसदीय समितिमा सहमति जुटिसकेको छ । संघीय कानुनसँग बाझिने प्रदेशका कानुन स्वत रद्द हुन्छन् । केही समयअघि क्हेलसोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङले… पुरा पढौ

सगरमाथा आरोहीसंग पनि घुस !

घुस खुवाए पछि के हुँदैन ? सायद अचम्म लाग्ला, सगरमाथा आरोहण गरेको प्रमाणपत्र पनि घुस खुवाएर लिन पाइन्छ । घुस खुवाएर सगरमाथा आरोहण गरेको आसंकामा केही पर्वतारोहीमाथि पर्यटन मन्त्रालयले छानविन सुरु गरेको छ । पर्यटन विभागको छानविन पछि मन्त्रालयले छानविन सुरु गरेको हो । नक्कली सगरमाथा आरोहणबारेमा छानविन  प्रक्रिया मन्त्रालयमा पुगेको विभागले जनाएको छ । सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत(लियोजन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका एक आरोहीलाई सगरमाथा आरोहण गरेको प्रमाणित… पुरा पढौ

देशभर वर्षा, कहाँ भयो सबैभन्दा धेरै ?

पछिल्लो २४ घण्टामा देशको १३४ स्थानमा गरिएको बर्षाको मापन अनुसार पर्साको ठोरी क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ठोरीमा १२२.४ मिलिमिटर वर्षा भएको हो ।  देशको १३४ स्थानमा महाशाखाले गरेको मापन अनुसार ठोरी क्षेत्रमा सबै भन्दा बढी भारी वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै परासीमा पनि ठोरी क्षेत्रमा जतिकै पछिल्लो २४ घण्टामा १२२.४ मिलिमिटर वर्षा भएको जनाएको छ । महाशाखाका अनुसार… पुरा पढौ

विद्युत् उत्पादन गृहमै मैनवत्ति बाल्नुपर्ने !

ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारी ४ दिनदेखि विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य भएका हुन् । गाउँपालिका वडा नं ३ घुरुङ्गामा रहेको एक मेगावाट… पुरा पढौ

कांग्रेसभित्र निष्ठावान कार्यकर्ताको खोजी

नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली कांग्रेसभित्रै निष्ठावान कांग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ । अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण संगठन दिनानुदिन कमजोर बन्दै गएको बताए । नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनादेखि दोस्रोे लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्रसम्म आइपुग्दा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको… पुरा पढौ

घनश्याम भुषालले पाउलान् त स्कूल विभाग ?

जहाँ गाह्रो त्यहाँ साह्रो भनेझैं नेकपा कम्युनिष्ट पार्टी (नेकपा) मा विभाग नेतृत्वको जिम्माले अप्ठेरो बनाएको छ ।  वैचारिक नेतृत्व गर्ने विभागलाई महत्वपूर्ण मानिएकाले ‘स्कुल विभाग’ अहिले चर्चामा छ । त्यो भन्दा बढी चर्चा यसको नेतृत्वकर्ताको नामलाई लिएर छ ।  यसका लागि एमालेका तर्फबाट इश्वर पोखरेल र माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठको नाम बाहिर आएको छ ।  यी नाममा सहमति बन्न नसकेपछि विवाद उत्कर्षमा पुगेको छ । ईश्वर पोखरेल जबजलाई अगाडि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं