मुख्य समाचार

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा केसी सर्वसम्मत चयन

नेपालकै ठूलो यातायात संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा योगेन्द्र बहादुर केसी सर्वसम्मत चयन भएका छन् । संस्थाको शुक्रबार पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष पदमा चयन भएका हुन् । उनी यसअघि महासचिवको भूमिका निर्वाह गरेका थिए । अध्यक्षमा चयन भएपछि केसीले संस्थालाई अझ राम्रो र सभ्य ढंगले सञ्चालन गर्ने प्रतिवद्धता जनाए । साथै उनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा पहल गर्ने र व्यवसायीको हरेक पिर… पुरा पढौ

कास्कीमा सडक दुर्घटनामा ३१ को मृत्यु (आव २०७५/०७६ को तथ्यांक)

कास्कीमा आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्यांकअनुसार गत आवमा ज्यान गुमाउनेको संख्या ३१ रहेको छ । अघिल्लो आवमा सवारी दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए । आव २०७५/७६ मा ८२ दुर्घटनामा ८० जना घाइते भएका थिए । अघिल्लो आवमा ७९ दुर्घटना भएकोमा ८८ घाइते भएका थिए । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधानको संख्या… पुरा पढौ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा, को कहाँ पुगे ? (विवरणसहित)

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा भएको छ । शुक्रबार मानव संशाधन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीद्वारा जारी सूचनामा कायम मुकायम कार्यकारी निर्देशक बम बहादुर मिश्र सहित ९ जनालाई सरुवा गरिएको हो ।  हाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकमा देवकुमार ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा भएका छन् । यस अघि ढकाल भुक्तानी विभागमा कार्यकारी निर्देशकका रुपमा थिए । अहिलेका नियमन विभागका कामु कार्यकारी… पुरा पढौ

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव, ३ घाइते

अत्यधिक रक्तश्रावका कारणले पोखरामा सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा छोरा जन्माएकी थिइन् । उनको शुक्रबार बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले दोषी चिकित्सकले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग… पुरा पढौ

तीजमा तडकभडक र फजुल खर्च गरे कारवाही

महिनौं अघिदेखि बज्न थाल्छन् तीजगीत । सुरु भइसकेको छ किनमेलको जोहो, पार्टी प्यालेस र होटलहरु पनि बुकिङ भइरहेका छन् । कतिपय संघ, संस्थाले त टिकटै छापेर किन्न लगाएर भोज गर्ने गरेका छन् । यसले बताउँछ तीज भड्किलो, खर्चिलो र आधुनिक भोजभतेर जस्तो बन्दै छ । दाजुभाइ, बाआमाले बोलाएर मीठो, मसिनो ख्वाउने, छोरी, दिदीबहिनीका दुःखसुख सुन्ने, आत्मीयता बढाउने पर्व हो तीज । पुराना तीजका भाकामा पनि चेलीका वेदना र विभिन्न कारुणि… पुरा पढौ

तरकारीको भाउ छोइनसक्नु, कहिले घट्छ त ?

पोखरामा तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । पछिल्लो २ हप्ता यता तरकारीमा भएको मूल्य वृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने ? भन्ने चिन्ता बढेको छ । पोखरामा २ हप्ता अघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १ सय १० पुगेको छ भने सिमी रु ६० बाट १ सय पुगेको छ । यस्तै नयाँ आलु मूल्य बढेर रु ५५, पुरानो आलु रु ३५, नीलो आलु ५०,… पुरा पढौ

३३ वर्षदेखि मन्दिरको घण्ट आँफै हल्लिएको हल्लियै, कहाँ छ त्यो मन्दिर ?

तनहुँको म्याग्दे गाउँपालिका–३, किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरको आफ्नै विशेषता छ, त्यो हो, मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् । अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय… पुरा पढौ

हेलिकप्टरबाट खाद्यान्न

उदयपुर जिल्लाको ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भएको खाद्यान्न संकट न्यूनीकरण गर्न राहतस्वरुप बिहीबार खाद्यान्न सामग्री पठाइएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश १ को राजधानी विराटनगरबाट खाद्यान्न पठाएको हो । गृह मन्त्रालयले उपलब्ध गराएको नेपाली सेनाको हेलिकप्टरबाट दिउँसो विराटनगर विमानस्थलबाट खाद्यान्न ओसारिएको छ । बाढी पहिरोका कारण ताप्ली र लिम्चुङबुङ गाउँपालिकालाई जोड्ने सडकहरु अवरुद्ध भएका कारण सडकमार्गबाट त्यहाँ खाद्यान्न ढुवानी हुन नसकेपछि उत्पन्न भएको खाद्यान्न… पुरा पढौ

तरकारीको मूल्य वृद्धि

पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्य वृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली… पुरा पढौ

‘अपरेसन’ बढाउँदै अख्तियार

सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२÷७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा कार्यालयले यातायात व्यवस्था कार्यालय कञ्चनपुरका भीमराज भट्ट, छोटी भन्सार कार्यालय कैलालीका यादवकुमार श्रेष्ठ र सेक्टर वन कार्यालय कैलालीका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं