ताजा समाचार

श्रावण ३ गते २०७६

धनगढी विस्फोटको जिम्मा विप्लव नेकपाले लियो

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कैलाली बम विष्फोट घटनाको जिम्मा लिएको छ । सेती महाकाली व्युरो इञ्चार्ज निर्माणले एक विज्ञप्ती जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्मरक्षाका लागि बोकेको बम विष्फोट भएको जनाइएको छ ।

उक्त घटनामा पार्टी कार्यकर्ता रामबहादुर सिंह (राजेश) को मृत्यु भएको जनाएको छ । घटनाको मुख्य जिम्मेवारी सरकार भएको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मा फासीवादी ओली सरकारले लिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विष्फोटमा घाइते सिंहको उपचारका क्रममा बिहीबार राति धनगढीकै मायामेट्रो अस्पतालमा मृत्यु भएको हो । होटलमा चिया पिउने क्रममा उनले झोलामा बोकेको ‘टिफिन कन्टेनर’ च्यापिंदा विष्फोट भएको जनाइएको छ ।

अर्का कार्यकर्ता लक्ष्मण सेराला अझै अचेत छन् । उनको अवस्था गम्भीर छ । घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खानको पनि उक्त अस्पतालमै उपचार भइरहेको छ ।


Loading...