मुख्य समाचार

वडाध्यक्षका छोरा होस्टलबाट तीन दिनदेखि बेपत्ता

वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन्। अमित, पर्साको कालिकामाई गाउँपालिका–२ का वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन्। चौरसिया परिवार वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल बस्दै आएको छ। उनीहरुले अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखेका थिए।  सो स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत अमित बिहीबारदेखि बेपत्ता भएको उनका… पुरा पढौ

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप

दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औँल्याएर सांसदहरुले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ । नेपाल वायुसेवा निगमले करिब ३५ अर्ब रुपैयाँमा किनेका तीन विमानको बिनाआधार मूल्यवृद्धि गरिएको र खरिद प्रक्रियामा त्रुटि गरेर राज्यलाई घाटा पारेको निष्कर्ष समेटिएको प्रतिवदेन समितिले सार्वजनिक गर्न नसकेको हो । निगमले एक वर्षअघि युरोपको एयरबस कम्पनीबाट वाइडबडी र २०७२ सालमा न्यारोबडी खरिद गरेको थियो ।… पुरा पढौ

जनप्रतिनिधिको सुविधा थोरै कि धेरै ?

निर्वाचनका क्रममा जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका स्थानीय तहका जनप्रतिनिधिको बढ्दै गएको सेवासुविधाप्रति जनस्तरमा आलोचना भइरहेको छ । तर जनप्रतिनिधिहरूले भने आफूहरूले बढी सेवासुविधा नलिएको दाबी गरिरहेका छन् । जनप्रतिनिधिको सेवा र सुविधा अहिले सबैतिर बहसको विषय बनेको छ । स्थानीय तहको निर्वाचन भएको करिब दुई वर्ष तीन महिना पूरा भइसकेको छ । यस अवधिमा जनप्रतिनिधिको कार्यशैलीप्रति सर्वसाधारण सन्तुष्ट हुन सकेका छैनन् । संविधानको धारा २२७ मा स्थानीय तहका जनप्रतिनिधिको… पुरा पढौ

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो आह्वान गरेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्ला ४१ वडाध्यक्षका लागि निर्वाचनका लागि उपनिर्वाचन हुन लागेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोगको बैठकको निर्णयपछि सो आग्रह गरिएको हो। थपलियाका अनुसार भदौ १६ गतेदेखि मसान्तसम्ममा उपनिर्वाचनमा भाग… पुरा पढौ

गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको म्याद थप

जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ ।          सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट खसालेर ३५ गाई–गोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक-सहचालक गरी सात जनाबारे थप अनुसन्धान गर्न अदालतले आइतबार एक हप्ताको म्याद दिएको हो ।  जिल्ला प्रहरी कार्यालयले चितवनको राप्ती नगरपालिका–४ का विवेक कुँवर, अछामको तुर्माखाँद गाउँपालिका–३ का कृष्ण विसी, चितवनको राप्ती… पुरा पढौ

कांग्रेस नेता ढकाललाई शोकमाथि शोक, आमाको काजमै गुमाए श्रीमती

आमाको काजक्रियामा रहेका नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं सामाजिक अभियान्ता देवराज ढकाललाई शोकमाथि फेरि अर्को शोक परेको छ ।  गत सोमबार आमा भिम कुमारी ढकालको निधनमा काजक्रियामा रहेका ढकालका धर्मपत्नी गौरा ढकालको शनिबार विहान ६७ वर्षको उमेरमा निधन भएको छ । सासुआमाको काजक्रियामा बसीरहेकी गौरा ढकाल अकस्मात शनिवार बिहान घरमा नै ढलेकी थिइन्। तत्कालै रामपुर अस्पतालमा पुर्याउना साथ ढकाललाई अस्पतालले मृत घोषणा गरेको थियो । लामो समयदेखि सुगर र प्रेसरको… पुरा पढौ

दरखाने बेलामा पार्वती चितामा

शनिवार राति अवेरसम्म जाजरकोटको तिमिले टोलमा तीज गीतमा नाचको रमझम थियो । त्यस गाउँकी ३२ बर्षीया पार्वती ओलीलाई पनि त्यो रमझमले छोएको थियो ।   भेरी नगरपालिका वडा नम्वर २ तिमिले टोलमा भएको तीज गीतको रमझमले पार्वतीका श्रीमान बलबहादुर ओली एकातिर उनी र दुई छोरीको सुताई अर्कोतिर हुन पुग्यो ।  आइतवार दरखाने दिन माइत जाने तयारीमा रहेकी पार्वती र उनको परिवारमा नसोचेकै घटना घट्यो, सुतेको केही घण्टा पछि ।   माथीबाट… पुरा पढौ

कैदीले रुवाइन् माननीयहरूलाई

आइतबार दर खाने दिन, सबैजसो महिलालाई माइती, संघ, संस्थामा दर खान जाने चटारो थियो । दर खाने दिन भए पनि कास्की कारागारका महिलामा भने उत्साह थिएन । उनीहरुले आइतबार पनि अन्य दिनकै जस्तो दैनिकी सोचेका थिए । तर, बिहानै गण्डकी प्रदेशका उपसभामुख, प्रदेशसभा सदस्यहरुसहितको टोली कास्की कारागार पुग्यो । दर खाने सामग्रीसहित गण्डकी प्रदेशका विशिष्ट व्यक्तित्व पुगेपछि कारागारको माहोल नै बदलियो । नारी जागरण अभियान पोखराले दरका सामग्रीसहित कारागारमा पुगेर… पुरा पढौ

गाई मृत्यु प्रकरण : नेपालगञ्ज उपमहानगरले गर्यो क्षमायाचना

यहाँको काञ्जी हाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ ।  कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा  स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षतामा छानविन समिति गठन गरेको छ । समितिमा अधिकारकर्मी विश्वजित तिवारी,  अधिवक्ता वसन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका… पुरा पढौ

देशभर शक्ति प्रदर्शन गर्दै नेकपा, प्रधानमन्त्री फर्किए लगत्तै गरिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी शक्ति प्रदर्शन गर्न तयारी गरेको छ । आफ्ना नेता कार्यकर्ता रिझाउन पार्टीले सातवटै प्रदेशमा शक्ति प्रदर्शनको तयारी गरेको हो । सम्भवतः अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फिर्कए लगत्तै बैठक बसेर शक्ति प्रदर्शनको निर्णय गरिनेछ । पार्टी एकीकरण भएको करिब २ वर्षपछि नेकपाको कमाण्ड अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्न थालेपछि पार्टी सक्रिय ढंगले अघि बढ्ने संकेत गरेको छ । केही दिन अघि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं