मुख्य समाचार

बीपी राजमार्ग फराकिलो बनाइँदै, सुरुङ मार्ग पनि निर्माण गरिने

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो ।  निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने का अगाडि बढाएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्यभाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने… पुरा पढौ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश नं २ ले रुख काट्न नदिने

प्रदेश २ सरकारले बाराकोे निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने उसको तयारी छ ।  प्रदेशमा व क्षेत्र ४० प्रतिशत पु-याउने घोषणा गरिएकामा रुख काटेर विमास्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि बुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले बताए । यो समाचार कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक ७ घन्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको दोस्रो चरणको काम आजदेखि सुरु हुने भएकाले उडान अवतरण बन्द गरेर स्तरोन्नति गर्न लागिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए । सेप्टेम्बर १ देखि डसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका लागि राति साढे ११ बजेदेखि… पुरा पढौ

वीरेठाँटी-मुक्तिनाथ केबलकारको डीपीआर बन्दै

मुस्ताङको मुक्तिनाथदेखि कास्कीको वीरेठाँटीसम्मको केबलकार सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न लागिएको छ । अस्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्भे गरिसकिएको र अब डीपीआर तयार गर्न लागिएको निर्माण कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए । चार महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी काम अघि बढेको उनको भनाइ छ । यो समाचार अभियान दैनिकमा छ । पुरा पढौ

बढ्दै किशोरी आमा

कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यस्तो सन्देश दिने जिङ्गल सुने पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने अहिले पनि कम छैैन । सानै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै रहेको अस्पतालको तथ्यांकले पनि देखाउँछ । पनौती नगरपालिका–१०, खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्यांकअनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना त २० वर्षभन्दा कम उमेरका… पुरा पढौ

६९ कामदार यूएइमै रोक्किए, नेपाल फिर्न पाएनन्

यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन । कम्पनीले भिषा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् । आफूहरुलाई तीन महिनादेखि क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरुलाई काममा समेत लगाइएको छैन । पीडितले दुई महिनादेखि नै दूतावासलाई अनुरोध गर्दै आएको बताएका छन् । तर दूतावासले कम्पनीबाट पाउने सुविधा दिलाएर स्वदेश पठाउन समन्वय भइरहेको जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ । पुरा पढौ

दैलेखमा मगाइएकै थिएन गाई

सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतमा भीरबाट खसालिएको थियो भने केही बेवारिसे छाडिएका थिए। नेपालगन्ज उपमहानगरपालिकाले ती गाईगोरु दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिर क्षेत्रमा लैजान बाँके प्रशासनसँग अनुमति लिएको थियो। प्रशासनको त्यही अनुमतिपत्रका आधारमा गाईगोरु वीरेन्द्रनगरसम्म ल्याइएको थियो। ती गाई आफूहरूले… पुरा पढौ

फैलियो डेंगु, तीजगीतबाटै सचेतना

पोखरामा शनिबारसम्म ४ सय ६० जनाभन्दा बढीमा डेंगु रोगको संक्रमण भेटिएको छ । डेंगुबारे टोल टोलमा सचेतना अभियान चलाएको पोखरा वडा नं. १७ ले हरितालिका तीजलाई लक्षित गरी शनिबार डेंगुरोगसम्बन्धी तीजगीत प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा नारी उत्थान दिदीबहिनी समूह, संकल्प आमा समूह र समृद्धि महिला समूह क्रमश प्रथम, द्वितीय र तृतीय भए । उनीहरुले क्रमश ७ हजार, ५ हजार ३ हजार १ हजारसहित प्रमाणपत्र पाएका छन् । सञ्चय कोष… पुरा पढौ

अर्को जागरण अभियानमा कांग्रेस, व्याच-खादा-माला प्रतिवन्ध

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ३ सय ३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण अभियानको तयारी गरको छ । कांग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण गर्ने लक्ष्य अन्तर्गत १०५औं विपिजयन्तीको अवसर पारेर २४ भदौबाट १० असोजसम्म प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा जागरणको तयारी गरेको हो । यस अघि कांग्रेसले ७७ वटै जिल्लामा पहिलो चरण अन्तर्गत २५ बैशाखबाट २५ जेठसम्म १ महिने जागरण चलाएको थियो ।… पुरा पढौ

रेडियो सफलताद्धारा दर्जन बढी महिला पत्रकार सम्मानित

पोखराको मासबारस्थित रेडियो सफलताले पोखरामा क्रियाशील दर्जन बढी महिला पत्रकारलाई सम्मान गरेको छ । रेडियोले तीजको अवसर पारेर महिला पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सुश्मा पौडेल, विमला भण्डारी, जमुना शर्मा वर्षा, सरिता तिमिल्सेना पंगेनी, शिला गुरुड, ईन्दिरा गुरुड, शान्ति गुरुड, राधिका कडेँल, कञ्चन थापा, गोमा घिमिरे रुचि, ईश्वरी पौडेल, पार्वती पौडेल, कविता श्रेष्ठ, नरमाया रसाइली, गीता लामिछाने विष्ट छन् । कार्यक्रममा साहित्यकार तथा गायिका चन्द्रावती वाग्ले र सामाजिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं