मुख्य समाचार

सहकारी मुलुक समृद्धिको आधार : मन्त्री विक

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सहकारी मुलुकको समृद्धिको आधार भएको बताएका छन् । पोखरा महानगरपालिका–१७ मा सञ्चालित बिरुवा बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारी उत्पादनसँग जोडिनुपर्ने खाँचो औँल्याए । नेपालमा प्रचूर सम्भावना भए पनि प्राकृतिक स्रोतसाधनको भरपुर उपयोग हुन नसक्दा अवसरको खोजीमा युवाहरू अरवको खाडीमा श्रम गर्न बाध्य भएको उल्लेख गर्दै उनले सहकारीले संकलित रकम आयमूलक कार्यमा लगानी गरी रोजगार सिर्जना गर्ने तर्फ लाग्नुपर्नेमा… पुरा पढौ

तीजमा सार्वजनिक बिदा

महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ ।… पुरा पढौ

वडाध्यक्ष धरौटीमा रिहा

यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार तारेखमा छाडिएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘मुद्दा अहिले विचाराधीन अवस्थामा छ’, उनले भने, ‘मुद्दा फैसला हुन करीब ५-७ महीना लाग्न सक्छ, त्यतिञ्जेलसम्म महीनाको एक पटक तारेखमा आउनुपर्ने हुन्छ ।’ वडाध्यक्ष भण्डारीविरुद्ध सोही वडाकी… पुरा पढौ

आज तीजको दर खाने दिन : दरमा के खानु हुँदैन ?

तीजको दर खाने दिन यसवर्ष आज आइतबार परेको छ । हरितालीका तीजको ब्रत बस्ने नारीले अघिल्लो दिन मीठा मीठा परिकार बनाएर खाने गर्दछन् । पहिले-पहिले व्रत बस्ने अघिल्लो दिन दर खाने चलन थियो । केही वर्ष यता भने महिना दिनअघिदेखि नै दर खाने चलन बढेको छ । भोलिपल्ट बस्नुपर्ने निर्जला व्रतलाई आजको दरले भ्याउनुपर्ने मान्यताका साथ दर खाने गरिएको बताईन्छ । भोलिपल्ट व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठमा पनि शक्ति… पुरा पढौ

यात्रु बस नदीमा खस्दा २४ जनाको मृत्यु

यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ । देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार दिएको जानकारी अनुसार नदीमा खसेको बसमा रहेका सवै जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्ये १५ जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् । उनीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै… पुरा पढौ

३५ एसएसपीको सरुवा, गण्डकी प्रदेशमा दिवेश लोहनी आउने

गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । १३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा टेक प्रसाद राईको सरुवा भएको छ । ललितपुरका एसएसपी रवीन्द्र धानुकको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ ।  यस्तै ट्राफिक महाशाखामा भीम प्रसाद ढकाल सरुवा भएका छन् । ट्राफिक मशाहाखाका प्रमुख वसन्त पन्त प्रहरी… पुरा पढौ

गौहत्या प्रकरणः गृहमन्त्रालयद्वारा छानबिन समिति गठन (विज्ञप्तिसहित)

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित जंगलमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा रहेका ३७० गाईगोरुलाई सुर्खैत हुँदै दैलेखको श्रीस्थान लैजान लागेको तर वीरेन्द्र नगरको जंगलमा मृत र घाइते अवस्थामा फेला परेको जानकारी आएको जनाएका छन् ।  विज्ञप्तिमा घटनास्थलमा गाईगोरु छाडेर फर्किँदै गरेका ५ वटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर… पुरा पढौ

गगन थापा नै धर्नामा बस्न बाध्य भएपछि…

नेपाली कांग्रेसका नेता एवं काठमाडौं चार नं क्षेत्रका सांसाद गगन कुमार थापाले आफ्नो क्षेत्रमा सडक निर्माणमा ढिलासुस्ती भए पछि शुक्रवार सडक बिभागमा सांकेतिक धर्नामा बसे । उनको साथ प्रादेशिक सांसद नरोत्तम बैद्य र न्हुच्छेनारायण श्रेष्ठ रहेका थिए। लामो समयदेखि बिभिन्न निकायमा धाउँदा, अनेक बैठकहरु गरेर ठेकेदारलाई काम गर्ने सहज वातावरण बनाईदिंदा पनि काम नभए पछि बाध्य भएर धर्नामा बस्नु परेको थापाले बताए । उनको बिरोधलाई लिएर सामाजिक संजालमा अनेक टिका… पुरा पढौ

विवाह गर्ने आश्वासन दिंदै बालिकालाई जवर्जस्ती करणी गर्दै

घरायसी आर्थिक अवस्था कमजोरी भएकी १५ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी र यौनशोषण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भइ काठमाडौँ महानगरपालिका बस्दै आएका २८ वर्षीय सुमन खड्का रहेका छन् । खड्काले बालिकालाई विवाह गर्छु भनेर ललाई फकाई आर्थिक प्रलोभनमा पारेर २०६९ साल जेठ ६ गते आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेका थिए । त्यसपछि पनि उनले काठमाडौँमा विभिन्न… पुरा पढौ

पर्यटनमन्त्री योगेश भट्टराईले किन भेटे देउवालाई ?

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा भट्टराई देउवालाई भेट गर्न पुगेका थिए ।  सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन र आवश्यक सल्लाह लिन भेटका लागि पुगेका हुन् ।  भेटपछि भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं