मुख्य समाचार

कांगेस बैठक : वाइडबडी लेख्न किन नसकेको ?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विहीबार प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको वाइडबडी काण्डलाई लक्ष्य गर्दै ‘हवाइजहाज’ नरम शब्दावली प्रयोग गरेका थिए । त्यसैलाई लिएर शुक्रबारको बैठकमा अधिकांश सदस्यले वाइडबडी लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन् । यो समाचार कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् । पुरा पढौ

सगरमाथा संवादको कार्यसूची तय

नेपालले आगामी अप्रिलमा गर्ने अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवादका लागि कार्यसूची तय गरेको छ । संवादका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयोजक रहनुभएको निर्देशक समिति र आयोजक समितिको शुक्रबार बसेको संयुक्त बैठकले कार्यसूची तय गरको हो ।  कार्यसूचीअन्तर्गत बैठकले संवादको पहिलो संस्करणको मिति तय गरेको संवादका लागि गठन भएको सचिवालय संयोजक कुमारराज खरेलले जानकारी दिए । जसअनुसार आउँदो अप्रिल ३ र ४ गते अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद हुने परराष्ट्र मन्त्रालयले जनाएको छ… पुरा पढौ

पूर्वलडाकु अधिकारी सेनाको सहायक रथी बन्दै

पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन समेत दिएका थिए। लामो राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ को रस्साकस्सीपछि बीचको बाटो निकाल्दै उनलाई सहायक रथी बनाउने निधो भएको प्रधानमन्त्री कार्यालय उच्चस्रोतले बतायो। उनलाई मानर्थ… पुरा पढौ

भिडियो कन्फरेन्स विवाद : असुरक्षित सरकारी सर्भर

नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ । सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको वेबसाइटको तथ्यांकहरु निजी कम्पनीका सर्भरमा राख्ने गरिएको भए पनि अहिले सबै तथ्याङ्क केन्द्रमै रहन्छ । तर, एनआइटिसीको सर्भरमा जोडिएका सरकारी वेबसाइट र इमेल पटकपटक ह्याकरको निसानामा परेको खबर सुनेकाहरुले मन्त्रिपरिषद्को साइबर बैठकको सुरक्षामा प्रश्न उठाएका छन् । अध्ययनअनुसार २०१७ मा… पुरा पढौ

पूर्व खेलकुदमन्त्री नेपालीको निधन

क्यान्सर रोगबाट पीडित पूर्व युवा तथा खेलकुदमन्त्री तथा राजपा नेपालका बरिष्ठ नेता गणेश नेपालीको ७६ वर्षको उमेरमा निधन भएको छ । नेता नेपाली महोत्तरीस्थित जलेश्वरमा रहेको निवासमा निधन भएको हो । पूर्व खेलकुदमन्त्री समेत रहेका नेता नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ निवासी नेपाली लामो समयदेखि बिरामी भएर घरमै बस्दै आएका थिए । उनको आज शनिवार जलेश्वरमा शव यात्रा गरेर… पुरा पढौ

दुलही बनाएर चीनतर्फ ‘तस्करी’

‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछिको मृत्यु भयो । त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् । यीनै बिबिरानीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यरोले गत बुधबार पक्राउ गर्‍यो । आरोप छ–उनले म्यारिज ब्युरोको नाममा नेपाली गाउँले चेलीलाई चिनीयाँ नागरिकसँग बिहे गराउने धन्दा चलाएको । पक्राउ पर्नेमा रोज तामाङ र अन्य चार… पुरा पढौ

प्रधानमन्त्री मातहतमा प्रतिजासुसी संयन्त्र बन्दै

सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन एवम् नियन्त्रणमा रहने गरी ‘बाह्य गुप्तचर संयन्त्र’ निर्माण गर्ने भएको छ ।  राष्ट्रविरुद्ध हुने सुराकी नियन्त्रण, निगरानी र निस्तेज पार्ने रणनीतिसहित बाह्य गुप्तचर निकायका रुपमा सरकारले प्रतिजासुसी संयन्त्र गठन गर्न लागेको हो । यसको नाम भने तय गरिसकिएको छैन ।  २०४६ अघिसम्म राष्ट्रिय अनुसन्धान विभाग (राअवि) भित्रै बाह्य मामिला हेर्ने गरी राष्ट्रिय जनसम्पर्क प्रधान कार्यालय ‘ख’लाई प्रतिजासुसीका रुपमा खडा गरिएको थियो ।  २०४६ सालको राजनीतिक परिवर्तनपछि… पुरा पढौ

नेपाल दक्षिण एसियाको उदाउँदो तारा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल दक्षिण एसियाको उदाउँदो तारा भएको बताएका छन् ।  मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको जबज कक्षा तथा नगर कमिटी शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल उदाउँदो अर्थतन्त्रका रुपमा विकास निर्माणको कार्यलाई अघि बढ्दै गएकाले नेपाल दक्षिण एशियाकै उदाउँदो तारा हुने दाबी गरे ।  “राज्यको चरित्र लोक कल्याणकारी छ । वर्षौंदेखिको समस्या समाधान गर्न निश्चित सयम लाग्छ”, मन्त्री ज्ञवालीले भने । उनले सम्पूर्ण नेपाली जनताले मनोबल उच्च राखेमा विकास… पुरा पढौ

५० प्रहरी एसपीको सरुवा, गण्डकी प्रदेशका भट्ट बाग्लुङमा

प्रमुख जिल्ला अधिकारी सरुवा भएको भोलिपल्टै ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएका छन् । शुक्रबार प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले ५० जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन् । सरुवा हुनेमा एसपी अच्युत प्रसाद पुडासैनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् भने प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरी दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ ।… पुरा पढौ

भिरबाट यसरी खसालियो ३ सय गाई, २ सय बढी भिरमै अड्किए

सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ। कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन्। बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी गाईगोरु अड्किएका छन्। १२ गाई र ४ गोरु त मरिसकेका छन्।  बिहीबार राति ट्रक चालकले ती गाईगोरुलाई भीरमा खसालिदिएका थिए। वीरेन्द्रनगरको प्रवेश क्षेत्र सुब्बाकुना प्रहरी चेक पोष्टमा बिहीबार राति १२ बजेतिर आठ वटा गाईगोरु बोकेका ट्रक इन्ट्री… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं