मुख्य समाचार

डिभिजन सडक कार्यालय पोखरा प्रमुखलाई मुद्दा

डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र ठेकेदार ऋषि गौतम विरुद्ध मुद्धा दायर भएको छ । पोखरेल र आचार्य घुससहित पक्राउ परेका थिए । डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत विन्ध्यवासिनी हरिचोक सडकखण्ड स्तरोन्नतिका लागि जिएसआर निर्माण सेवाले ठेक्का पाएको थियो । ठेकेदारबाट कार्यालय प्रमुख पोखरेल र इन्जिनियर आचार्यले ७ लाख रुपैयाँघुस लिएको अख्तियारको दाबी छ । उनीहरु २ सहित दुई कार्यालय सहयोगीलाई अख्तियारको टोलीले साउन… पुरा पढौ

कसले खसाल्यो भिरबाट गाई ? १५० वटा फेला, २० वटा मरे

नेपालगञ्जबाट दैलेख लैजान लागिएका गाई भीरबाट खसालेर मारेको पाइएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको कटुवा जंगलको ठाडो भीरबाट गाई खसालिएको र खसालिएकामध्ये २० वटा गाई मृत फेला परेका छन् । मारिनेमा बढी बाछाबाछी छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार कसले के प्रयोजनका लागि गाई भीरबाट खसालेको खुल्न नसकेको बताए । उनका अनुसार कटुवा जंगलमा गाई मारिएको खबर आएलगत्तै प्रहरी परिचालन गरेर गाई लैजानेको खोजी भइरहेको उनको भनाइ थियो… पुरा पढौ

यस्ता छन पत्रकारका लागि नयाँ आचारसंहिता

नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै आचारसंहिता संशोधन गरेको छ । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा आगामी असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने महासंघले जनाएको छ । पछिल्लो समय युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगमा समेत संशोधन गरेको जनाएको छ ।… पुरा पढौ

सडकमा उत्रिए गगन थापा

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापा आफू निर्वाचित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को सडकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् । प्रतिपक्षी कांग्रेसले बनाएको छायाँ सरकारमा शिक्षा मन्त्रालय हेर्ने जिम्मेवारी समेत पाएका सांसद थापाले आफ्नो क्षेत्रका मतदातासहित सडक विभागमा आन्दोलन गर्न पुगेका छन् ।सांसद थापासहित सडक विभाग पुगेका जनताले सडक विभागभित्र धर्ना शुरू गरेका छन् । दिउँसो १२ बजेदेखि पूर्व मन्त्री थापासहित सर्वसाधारणले विभागमा धर्ना गरेका हुन्। आन्दोलनमा सहभागी… पुरा पढौ

रेशम चौधरीलाई मुद्दा लगाउनु गलत : वैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’ थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु… पुरा पढौ

रेशम चौधरीमाथि अन्याय भयो: वैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’ थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको… पुरा पढौ

सुडान घोटला काण्डका शम्भु भारती पक्राउ

सुडान घोटला काण्डका नेपाल एजेन्ट शम्भु भारती पक्राउ परेका छन् । शुक्रबार विहान भारतीलाई भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीले जानकारी दिए । विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो । पुरा पढौ

बेपत्ता दिवस : कहाँ छन् २५०६ जना ?

आज अगस्ट ३० । यो तिथिका दिन हरेक वर्ष विश्वभर नै बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ । बेपत्ता सम्बन्धी दिवसको अर्थ बेपत्ता सम्बन्धी घटनाविरुद्धको दिवस हो  । संयुक्त राष्ट्र संघले नै आजको दिनलाई ‘इन्टरनेसनल डे अफ द डिस्एपीयर्ड’को रुपमा मान्यता दिएको छ । नेपालमा विगतको द्वन्द्वको क्रममा बेपत्ता भएका आफन्त पत्ता लगाइदिनुपर्यो भन्दै २,५०६ जनाको तर्फबाट बेपत्ता आयोगमा उजुरी परेको छ । तर, ती उजुरीमा कुनै सुनुवाई भएको… पुरा पढौ

किन आए चिनियाँ सेना काठमाडौंमा ?

नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।  यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति  सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् ।  महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन् ।  सैनिक प्रवक्ताका सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम… पुरा पढौ

कहिले गुड्ला रेल ?

जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जयनगर रेल्वे सञ्चालनको प्रतिक्षामा छन् । ‘पर्यटक जनकपुर-जयनगर रेल सुरु भयो कि भएन भनेर सोध्छन्,’ उनले भने, ‘थन्केको पुरानो रेल हेर्ने चाहना धेरै पर्यटकको छ ।’ लिक र स्टेसन तयार भएपनि रेल चल्न नसक्दा जनकपुर आउन इच्छा गरेका पर्यटक उतै रोकिएका छन् । सडक विस्तार तथा पुनःनिर्माणले जनकपुर फेरिएको छ । चिल्लो सडक, त्यस्तै घरले सहरको चमक बढेको छ ।  विगतमा रेलकै कारण चिनीयाँ र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं