बेपत्ता दिवस : कहाँ छन् २५०६ जना ?

आज अगस्ट ३० । यो तिथिका दिन हरेक वर्ष विश्वभर नै बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

बेपत्ता सम्बन्धी दिवसको अर्थ बेपत्ता सम्बन्धी घटनाविरुद्धको दिवस हो  । संयुक्त राष्ट्र संघले नै आजको दिनलाई ‘इन्टरनेसनल डे अफ द डिस्एपीयर्ड’को रुपमा मान्यता दिएको छ ।

नेपालमा विगतको द्वन्द्वको क्रममा बेपत्ता भएका आफन्त पत्ता लगाइदिनुपर्यो भन्दै २,५०६ जनाको तर्फबाट बेपत्ता आयोगमा उजुरी परेको छ । तर, ती उजुरीमा कुनै सुनुवाई भएको छैन बरु ती उजुरी दराजमा थन्क्याएर राखिएको छ । 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘बेपत्ताहरुको समस्या समाधान गर्न राज्यले चाँडो भन्दा चाँडो कदम चाल्नु जरुरी छ । हाम्रो मान्यता यही हो । ’’

राज्यमा मानवअधिकार मामिला हेर्ने निकायका प्रमुखले यसो भने पनि नेपालको सन्दर्भमा भने त्यो भनाइलाई बारम्बार बेवास्ता गर्ने गरिएको छ । 

bepatta-name-list-2073-8-13