मुख्य समाचार

३१ जना सिडिओको सरुवा, कास्कीमा केसी

गृहमन्त्रालयले काठमाडौंसहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ ।  मन्त्रालयको बिहीबारको निर्णयले ३१ जना सीडीओ सरुवा तथा पदस्थापन गरेको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। उनका अनुसार झापाका सीडीओ जनकराज दाहाल काठमाडौं सरुवा भएका छन् भने भागिरथ पाण्डेय धादिङबाट ललितपुर ल्याइएको छ। गृह मन्त्रालय स्रोतका अनुसार कास्कीमा रमेश केसी आउने भएका छन् । उनी यसअघि मोरङमा कार्यरत थिए । अन्य को कहाँ सरुवा भए विस्तृत विवरण आउन बाँकी… पुरा पढौ

अन्तरिम संरचनाका लागि कांग्रेसले खटायो जिल्ला प्रतिनिधि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम तोकेको छ । प्रतिनिधि पठाउनका लागि कांग्रेसले पार्टीको केन्द्रिय निर्वाचन समितिलाई जिम्मेवारी दिएकोमा समितिले अन्तरिम संरचना गठनका लागि जिल्ला पठाउने प्रतिनिधिको टुंगो लगाएको हो । प्रतिनिधिको नाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अन्तरिम संरचना गठनका लागि जिल्ला पाउन प्रतिनिधिको नाम टुंगो लगाएको र १५ भदौबाट प्रतिनिधिले जिल्ला गएर काम गरिसक्ने… पुरा पढौ

विन्ध्यवासिनी मन्दिरमा गणेशचौथी पुजनोत्सव

पोखराको विन्ध्यवासिनी मन्दिरमा गणेश पूजनोत्सव हुने भएको छ । गणेश चौथीका दिन यहि भदौ १६ गते पूजनोत्सव कार्यक्रम हुने भएको हो । कार्यक्रम संयोजक रामजीप्रसाद कोइरालाका अनुसार उक्त अवसरमा पूजा आरम्भ, लड्डु र दूवो अर्पण बिहान ६ बजेदेखि ९ बजेसम्म र त्यसपश्चत प्रसाद ग्रहणको कार्यक्रम हुनेछ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले भजन कीर्तनसहितको पुजनोत्सव कार्यक्रम हुने भएकाले सहभागितका लागि भक्तजनालाई आग्रह गरेको छ । मन्दिर विकास समितिले प्रत्येक वर्ष… पुरा पढौ

शुभचिन्तकलाई प्रधानमन्त्री ओलीको यस्तो सन्देश

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना शुभचिन्तकहरुलाई सन्देश पठाएका छन् । उनले आफू सिंगापुरबाट ठीकठाक रहेको बताएका हुन् ।  यसबारेमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका हुन् । उनले नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहालसंग भएको कुराकानीलाई आधार बनाएर स्वास्थ्य ठीक रहेको बताएका हुन् ।  उनले सामाजिक संजाल फेसबुकमा पनि लेखेका छन् । बुधबार पोष्ट गरिएको उक्त सूचनामा भनिएको छ, ‘सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेर अघि नेकपा… पुरा पढौ

लेखनाथमा २ दुर्घटना, पुन र पाइजाको मृत्यु

लेखनाथमा गएराती छुट्टाछुट्टै २ वटा दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य ३ जना घाइते भएका छन् । लेखनाथको गगनगौंडामा बुधबार बेलुका २०ः३५ बजे ग७प ७४२८ नम्बरको मोटरसाइकल र ग११प २३५८ नम्बरको स्कुटर आपसमा ठोक्किएर ना५ख ५०४८ नम्बरको ट्रकको चक्काभित्र पस्दा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ग११प २३५८ नम्बरको स्कुटरको पछाडी सवार पोखरा नदीपुरका जुगबीर पुनको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । गम्भीर घाइते… पुरा पढौ

नेपाल-चीनबीच सीमा क्षेत्रमा वार्ता असफल

चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।  चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराईले ठोस निर्णय नभएकाले चीनको माथिल्लो निकायबाट र नेपाल सरकारबाट लिखितरूपमा निर्णय गर्ने अधिकारी नआएपछि लिखित वार्ता नभएको बताए ।  वार्ताका लागि चिनियाँ पक्षले सिमानासँग जोडिएका नाकामा तिब्ब्तीहरुको आवतजावतमा कडाइका साथ जाँच गर्ने,… पुरा पढौ

भारतमा खतरा, आचार्य बालकृष्ण नेपाल आउँदै

पतञ्जली आयुर्वेदका महाप्रवन्धक तथा सीईओ आचार्य बालकृष्णलाई उनी निकटकै पूर्व कर्मचारीले विष खुवाएको तथ्य फेला परेको छ ।  उनका पूर्व कर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य खुलेको हो । पतञ्जली योगपीठको मुख्यालयमा केही वर्षअघि काम गरेका पूर्व कर्मचारीले गत कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेका थिए ।  ती दोषीलाई कार्वाही प्रक्रिया अगाडि बढाइसकिएको बताइएको छ । विष मिसिएको पेडा खाएको पाँच मिनेटपछि छट्पटाएका आचार्य बालकृष्णलाई बाबा रामदेव… पुरा पढौ

प्रधानमन्त्रीको एन्टिबडी तेस्रो पटक निकालियो, अझै चार पटक निकालिने

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अर्को हप्तासम्म लम्बिएको छ । सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचाररत ओलीको शरीरमा मिर्गौला सम्बन्धी एन्टिबडी निष्काशन गर्न ‘प्लाज्मा फेरेसिस’ उपचार विधिबाट उपचार भइरहेको छ ।  अहिलेसम्म उनले तेस्रो पटक एन्टिबडी निकालेका छन् । बुधबार तेस्रोपटक एन्टिबडी निकालिएको हो । सातपटकसम्म एन्टिबडी निकाल्ने भनिएकामा अझै चार पटक बाँकी छ ।  त्यसपछि मृगौलाको क्षमता बढाइने भनिएको छ । यही कारण प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लम्बिएको… पुरा पढौ

एकाएक बिग्रियो मौसम

मौसम एकाएक बिग्रिएको छ । पोखरा र काठमाडौमा बिहान अँध्यारो देखिएको छ । महाशाखाले देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको स्थितिमा रहेको जनाएको छ ।  महाशाखाले मेघगर्जन र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाले यस्तो प्रकृतिको मौसम प्रक्षेपण नगरेको भए पनि वर्षा हुने सम्भावना भने बुधबारै जनाएको थियो ।  मनसुनी न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ ।  त्यस्तै पूर्वी… पुरा पढौ

पाइपलाइन उद्घाटन गर्दै ओली र मोदी

नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् ।  भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हनु् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ओली र मोदीबाट पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ । दुवै मुलुकका प्रधानमन्त्रीले आफ्नै कार्यकक्षबाट एकसात संयुक्तरुपमा रिमोटबाट पाइपलाइनको उद्घाटन गर्ने तयारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं